पर्यटकहरूको लागि खोलियो पबितरा अभयारण्य, वनमन्त्रीले गरे उद्घाटन
Pobitora Wildlife पबितरा अभयारण्य


Pabitora


गुवाहाटी, 13 अक्टोबर (हि.स.)। असमको मोरिी गाउँ जिल्लास्थित पोबितरा वन्यजन्तु अभयारण्यलाई आज पर्यटकहरूको लागि खोलियो। राज्यका वनमन्त्री जयन्त मल्लबारुवाले औपचारिक रूपमा अभयारण्यको उद्घाटन गरी यसलाई पर्यटकहरूको लागि खोलिएको घोषणा गरे।

पोबितरा वन्यजन्तु अभयारण्य असमको प्रमुख वन्यजन्तु पर्यटन गन्तव्यहरूमध्ये एक हो। यो अभयारण्य विशेष गरी एक सिङ्गे गैँडाको ठूलो जनसङ्ख्याको लागि प्रसिद्ध छ। यहाँको प्राकृतिक घाँसको मैदान, सिमसार क्षेत्र एवं समृद्ध जैविक विविधताले पर्यटकहरूलाई आकर्षित गर्दछ।

अभयारण्यको उद्घाटनले वन्यजन्तु प्रेमी, प्रकृति प्रेमी र पर्यटकहरूलाई प्राकृतिक सौन्दर्यको आनन्द लिने अनि वन्यजन्तीहरूलाई उनीहरूको प्राकृतिक बासस्थानमा अवलोकन गर्ने अवसर प्रदान गर्नेछ। नयाँ पर्यटन सीजनको शुरुवातले यस क्षेत्रमा पर्यटन गतिविधिहरूलाई पनि बढ़ावा दिने अपेक्षा गरिएको छ।

अभयारण्यमा सफारीको समय तालिका र अन्य पर्यटक सुविधाहरूको सम्बन्धमा हाल विस्तृत जानकारी उपलब्ध गराइएको छैन। ज्ञात रहोस्, यो अभयारण्य हरेक वर्ष वर्षाको मौसममा पर्यटकहरूको आवागमनको लागि बन्द हुन्छ, किनभने अभयारण्यका अधिकांश भागहरूमै पानी भरिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande