पश्चिम बङ्गालमा मौसम  रहनेछ शुष्क, घमाइलो दिन रहने
आज का मौसम


कोलकाता, 13 अक्टोबर (हि.स.)। मङ्गलवार पश्चिम बङ्गालमा मौसम मुख्यतया शुष्क रहने अनुमान गरिएको छ। राज्यका अधिकांश भागहरूमै घमाइलो दिन रहनसक्छ। तर केही क्षेत्रहरूमा भने आंशिक बादल रहने सम्भावना छ। अक्टोबरको मध्यमा, तापमान अनि आद्रताको कारणले मानिसहरूलाई दिउँसो गर्मी महसूस हुन सक्छ।

उपलब्ध मौसम पूर्वानुमान अनुसार राज्यका धेरै भागहरूमा अधिकतम तापक्रम 32 देखि 34 डिग्री सेल्सियसको बीचमा रहने सम्भावना छ भने न्यूनतम तापक्रम 25 देखि 26 डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। अहिले वर्षाको सम्भावना कमै छ। हल्का हावाको गतिले मौसमलाई गर्मी र आद्र बनाउन सक्छ।

कोलकाता एवं यस छेउछावका जिल्लाहरूमा दिउँसो गर्मी महसूस हुने सम्भावना छ। पूर्व तथा पश्चिम मेदिनीपुर, झारग्राम, हावडा, हुगली एवं उत्तर र दक्षिण 24 परगनामा पनि मौसम मुख्यतया सुख्खा रहने सम्भावना छ। दार्जीलिङ, कालेबुङ, जलपाईगुडी, अलिपुरद्वार, कुचबिहार अनि उत्तर दिनाजपुर सहित उत्तर बङ्गालका अन्य जिल्लाहरूमा स्थानीय अवस्थाको आधारमा बादलहरूको आवागमन हुन सक्छ। मैदानी क्षेत्रको तुलनामा पाहाड़ी क्षेत्रमा तापक्रम कम हुने सम्भावना छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande