शक्तिआश्रममा  पुलिसको छापा, गाँजा सहित एक जना पक्राउ
शक्तिआश्रम में पुलिस की छापेमारी, गांजा के साथ एक व्यक्ति गिरफ्तार


कोकराझार (असम), १४ अक्टोबर (हि.स.)। असमको कोकराझार जिल्ला स्थित शक्तिआश्रममा पुलिसले छापा मारेर गाँजा सहित एक जनालाई पक्राउ गरेको छ। यस घटनापछि क्षेत्रमा कोकोहोलो मच्चिएको छ।

प्राप्त जानकारी अनुसार, मङ्गलवार राति फकिराग्राम पुलिस थानाका प्रभारी अर्जुन दासको नेतृत्वमा पुलिस लीले शक्तिआश्रममा छापामारी अभियान चलाएको थियो। यस क्रममा पुलिसले गाँजा सहित बापन चौधरी नाम गरेका एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्रा परेको बापन चौधरी मुखिगाउँ निवासी स्वर्गीय सुनील चौधरीका छोरा रहेको बताइएको छ। घटनाका सम्बन्धमा पुलिसले थप कारबाही गरिरहेको छ। यद्यपि, यस मामिलाबारे विस्तृत जानकारी आउन बाँकी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande