
नयाँ दिल्ली, १५ अक्टोबर (हि.स.)। अङ्किता भण्डारीलाई न्याय दिलाउनुपर्ने माग गर्दै भारतीय युवा कांग्रेसले बुधवार राति इन्डिया गेटमा सत्याग्रह गरेको छ। भारतीय युवा कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीसँग अङ्किता भण्डारीलाई न्याय दिलाउन माग गरेको छ।
भारतीय युवा कांग्रेसका राष्ट्रिय अध्यक्ष उदय भानु चिबले बिहिवार विज्ञप्ति जारी गर्दै युवा कांग्रेस र कांग्रेसका धेरै नेता तथा कार्यकर्ताहरू बुधवार राति इन्डिया गेटमा अङ्किताका आमाबुबासँगै प्रदर्शनमा सहभागी भएको जानकारी दिएका छन्। यस क्रममा बिहिवार बिहान धेरै जनालाई हिरासतमा लिइएको र त्यसको एक घण्टापछि रिहा गरिएको उनले बताएका छन्।
उदय भानु चिबले अङ्किता भण्डारीका आमाबुबाले विगत चार वर्षदेखि न्यायको माग गरिरहेको भए पनि उनीहरूलाई नै हिरासतमा लिइने गरेको आरोप लगाएका छन्। दुष्यन्त गौतमलाई राज्यपाल नियुक्त गरिएको विषयमा प्रश्न उठाउँदै उनले अङ्किताको परिवारलाई न्याय दिलाउनुको सट्टा उनका आमाबुबा तथा कांग्रेसका नेता र कार्यकर्ताहरूलाई हिरासतमा लिइरहेको बताएका छन्।
चिबले दुष्यन्त गौतमलाई पक्राउ गरेर लैजानुपर्ने बसमा कांग्रेसका युवाहरूलाई पक्राउ गरी लगिने गरेको र अङ्किताको परिवारलाई समेत हिरासतमा लिइने गरेको आरोप लगाए। अङ्किता भण्डारीले न्याय नपाएसम्म आन्दोलन जारी रहने उनले स्पष्ट पारे।
केन्द्र सरकारको आलोचना गर्दै चिबले अङ्किताका आमाबुबाले चार वर्षदेखि न्यायको माग गरिरहेको अवस्थामा दुष्यन्त गौतमलाई राज्यपाल बनाएर पदोन्नति दिइएको बताएका छन्। अङ्कितालाई न्यायबाट वञ्चित राख्न जिम्मेवार व्यक्तिहरूलाई आखिर कहिलेसम्म संरक्षण दिइरहने भन्ने प्रश्न समेत उनले उठाएका छन्।
चिबले आफ्नो सङ्गठनले अङ्किताका लागि न्यायको लड़ाइँ जारी राख्ने र उनको परिवारसँग मिलेर न्याय दिलाउन हरसम्भव प्रयास गर्ने बताएका छन्। उनले प्रधानमन्त्री मोदीसँग अङ्किता भण्डारीलाई न्याय दिलाउन माग गरेका छन्।
युवा कांग्रेसका राष्ट्रिय अध्यक्ष उदय भानु चिबले दुष्यन्त गौतमलाई राज्यपालको पदबाट बर्खास्त नगरिए अङ्कितालाई न्याय दिलाउने माग सहित देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन्। अङ्कितामाथि भएको अन्याय गम्भीर विषय भएको उल्लेख गर्दै उनले आफ्नो सङ्गठनले यस विरुद्धको लड़ाइँ आगामी दिनमा पनि जारी राख्ने बताएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी