
गुवाहाटी, 15 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमत विश्व सरमाले बिहीवार पूर्व राष्ट्रपति तथा प्रख्यात वैज्ञानिक डा. एपीजे अब्दुल कलामलाई उनको जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण गरे। उनले अब्दुल कलामलाई जनताका राष्ट्रपति बताउँदै भने, उनको प्रेरणादायी जीवन र आदर्शहरूले आउँदो पुस्तालाई निरन्तर मार्गदर्शन गरिरहनेछ।
मुख्यमन्त्रीले सोशल मिडिया मञ्च एक्समा एउटा पोस्ट साझा गरी 'मिसाइल म्यान अफ इण्डिया' भनेर चिनिने डा. कलामको योगदानलाई स्मरण गरे। उनले भने, डा.कलामको जीवन अनुकरणीयथियो र उनले सदैव ज्ञान एवं राष्ट्रवादलाई सर्वोच्च प्राथमिकता दिए।
आफ्नो पोस्टमा डा, सरमाले लेखे, जनता राष्ट्रपति डा. एपीजे अब्दुल कलामलाई उनको जयन्तीमा स्मरण गरिरहेको छु। रामेश्वरमदेखि लिएर राष्ट्रपति भवनसम्म, उनले यस्तो जीवन जिए जुन सबैका लागि प्रेरणा हो। उनले ज्ञान एवं राष्ट्रवादलाई सदैव सबैभन्दा माथि राखे।
मुख्यमन्त्रीले भारतको वैज्ञानिक प्रगति तथा रक्षा क्षमतालाई सुदृढ़ पार्न डा. कलामको भूमिकालाई पनि रेखाङ्कित गरे। उनले भने, डा. कलामका उपलब्धिहरूले देशको भविष्यलाई सुरक्षित बनाउन अनि यसको रक्षा क्षमता बढाउन महत्त्वपूर्ण योगदान पुऱ्यायो।
डा. कलामको असम भ्रमणलाई स्मरण गर्दै मुख्यमन्त्रीले भने, मानिसहरू विशेष गरी विद्यार्थीहरूसँगको उनको अन्तरक्रिया अत्यन्त ज्ञानवर्धक हुन्थ्यो। उनले आशा व्यक्त गरे, डा. कलामको विचार, आदर्श र राष्ट्रप्रतिको समर्पणले आउँदो पुस्तालाई निरन्तर प्रेरणा दिरहनेछ।
उल्लेख्य, डा. एपीजे अब्दुल कलामको जन्म 15 अक्टोबर, 1935- मा रामेश्वरम, तमिलनाडुमा भएको थियो। विज्ञानको क्षेत्रमा उनको उल्लेखनीय योगदानको लागि उनलाई 'मिसाइल म्यान अफ इण्डिया' भनेर चिनिन्छ। उनले वर्ष 2002 देखि 2007 सम्म भारतको 11 औँ राष्ट्रपतिका रूपमा सेवा गरे। विज्ञान, शिक्षा एवं जनसेवामा उनको योगदानको लागि उनलाई देशभरि नै सम्मान गरिन्छ। 27 जुलाई, 2015- मा उनको मृत्यु भएको थियो।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा