ऐतिहासिक ८२औँ दुर्गा पूजा समारोहमा विधायक सोनाम लामाको उपस्थिति
Sonam lama


खरसाङ, 15 अक्टोबर (हि.स.)। खरसाङको फाटकडाँडा सोसियल वेलफेयर सोसाइटीद्वारा आयोजित ऐतिहासिक ८२औँ दुर्गा पूजा समारोहमा खरसाङका विधायक सोनाम लामाले पूजा मण्डपको भ्रमण गरेका छन्। उनको आगमनमा गाउँवासीले स्वागत जनाउँदै खुशी व्यक्त गरे।

भ्रमणका क्रममा विधायक लामाले पूजा मण्डपमा लामो समय बिताउँदै पूजा समारोहको अवलोकन गरे। उनको उपस्थितिले गाउँवासी तथा छिमेकी क्षेत्रमा हर्ष र उल्लासको वातावरण सिर्जना गरेको थियो।

विधायक लामाको स्वागतका लागि सोसाइटीका संरक्षकहरू दुर्गा प्रधान, विनोद प्रकाश शर्मा तथा पूर्व विधायक डा. रोहित शर्मा उपस्थित थिए। यस अवसरमा सोसाइटीका अध्यक्ष किरण क्षेत्रीको पनि विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमको अवसरमा फाटकडाँडा सोसियल वेलफेयर सोसाइटी परिवार तथा समस्त गाउँवासीले विधायक सोनाम लामाको आगमनप्रति प्रसन्नता व्यक्त गर्दै उनीप्रति आभार प्रकट गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande