मुख्यमन्त्री डा. सरमाले गुवाहाटी एयरपोर्ट निकट 101 औँ जिन्जर होटलको उद्घाटन गरे
असमः गुवाहाटी में जिंजर होटल का उद्घाटन करते मुख्यमंत्री डॉ. हिमंत बिस्व सरमा।


गुवाहाटी, 15 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले गए बुधवार राती गुवाहाटी हवाईअड्डा नजिकै जिन्जर होटलको नयाँ एकाईको उद्घाटन गरे। यो जिन्जर होटल श्रृङ्खलाको 101 औं होटल हो। राज्य सरकारले विमानस्थल वरपरको क्षेत्रलाई 'एरोसिटी'- को रूपमा विकास गर्ने योजनामाथि काम गरिरहेको छ ताकि यात्रीहरुलाई बस्नको लागि सुविधा उपलब्ध होस्।

मुख्यमन्त्री डा. सरमाले सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट साझा गरी होटलको उद्घाटन भएको जानकारी दिए। उनले भने, यो होटल गुवाहाटी एरोसिटीलाई गुणस्तरीय आवास सुविको रूपमा विकास गर्ने प्रयासको एक भाग हो।

मुख्यमन्त्रीले आफ्नो पोस्टमा भने, गुवाहाटीमा 101 औँ जिन्जर होटल खोलिनु भनेको खुशीको कुरा हो। यो एरोसिटीलाई उच्च गुणस्तरीय आवास केन्द्रको रूपमा विकास गर्ने हाम्रो प्रयासको एक भाग हो।

उनले यसलाई सस्तो मूल्यमा राम्रो आवास प्रदान गर्ने दिशामा एक महत्त्वपूर्ण कदम बताउँदै होटलको टोलीलाई भविष्यको लागि शुभकामना दिए।

गुवाहाटी विमानस्थल नजिकै यो नयाँ होटलको उद्घाटनले शहर भ्रमण गर्न आउने हवाई यात्री एवं पर्यटकहरूलाई बस्ने अर्को विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ। यसले उड़ानअघि वा पछि विमानस्थलको छेउछाउमा बस्न आवश्यक परेका यात्रुहरूलाई पनि सुविधा दिनेछ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande