
नयाँ दिल्ली, १५ अक्टोबर (हि.स.)। केन्द्रिय अनुसन्धान ब्युरो (सीबीआई) ले भ्रष्टाचार सम्बन्धी एउटा मामिलामा चेन्नई स्थित गम्भीर धोखाधड़ी अनुसन्धान कार्यालय (एसएफआईओ) का उपनिदेशक तहका अधिकारी र एक वकील सहित दुई जना निजी व्यक्तिहरूलाई पक्राउ गरेको छ।
सीबीआईले कर्पोरेट मामिला मन्त्रालय अन्तर्गत चेन्नई स्थित गम्भीर धोखाधड़ी अनुसन्धान कार्यालयका अधिकारी, एक अधिवक्ता र अन्य व्यक्तिहरू विरुद्ध मुद्दा दर्ता गरेको थियो। आरोपीहरूको पहिचान चेन्नई स्थित एसएफआईओका उपनिदेशक हरिश कुमार तंवर, अधिवक्ता भरत शर्मा र भरतका आफन्त आर्यन शर्माका रूपमा गरिएको छ।
डीएचएफएल घोटालासँग सम्बन्धित एसएफआईओको अनुसन्धानमा उजुरीकर्ताको पक्षमा काम गरिदिने भन्दै उनीहरूले उजुरीकर्तासँग एक करोड़ रुपियाँ अनुचित लाभ मागेको आरोप छ।
उजुरीको सत्यापन गरी प्राथमिकी दर्ता गरेपछि सीबीआईले जाल बिछ्याएर तीनै जनालाई पक्राउ गरेको हो। एसएफआईओका अधिकारीका तर्फबाट माग गरिएको एक करोड़ रुपियाँ घुसको आंशिक भुक्तानीस्वरूप अधिवक्ता भरत शर्माले उजुरीकर्ताबाट २० लाख रुपियाँ लिएको आरोप छ। सरकारी कर्मचारी र अधिवक्ताका परिसरमा गरिएको खानतलासीका क्रममा मामिलासँग सम्बन्धित आपत्तिजनक सामग्री जफत गरिएको छ। यस मामिलाको अनुसन्धान जारी रहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी