मुख्यमन्त्री रेखा गुप्ताले एलएनजेपी अस्पतालमा सीटी स्क्यान र टेस्ला एमआरआई मसिनको उद्घाटन गरिन्
मुख्यमंत्री रेखा गुप्ता एलएनजेपी अस्पताल में मशीनों का शुभारंभ करते हुए।


नयाँ दिल्ली, 15 अक्टोबर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले बिहीवार सेवा सङ्कल्प अभियान अन्तर्गत लोक नायक जय प्रकाश नारायण अस्पतालमा ड्यूल सोर्स 256 स्लाइस सीटी स्क्यान मशिन र तीन वटा टेस्ला एमआरआई मशिनको उद्घाटन गरिन्।

एलएनजेपी अस्पतालमा मशिनहरूको उद्घाटनको अवसरमा मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, यी मशिनहरूको शुभारम्भबाट मुटु, मस्तिष्क, क्यान्सर एवं अन्य गम्भीर रोगहरूको स्क्रिनिङ्गको सुविधा अब अस्पतालमै उपलब्ध हुनेछ।

मुख्यमन्त्रीले भनिन्, दिल्ली सरकारले लगातार यो सुनिश्चित गरिरहेको छ कि दिल्लीका सरकारी अस्पतालहरू आधुनिक चिकित्सा सुविधाहरूले सुसज्जित होस् अनि उच्चस्तरीय उपचार हरेक नागरिकको पहुँचमा होस्।

यस अवसरमा क्याबिनेट सहयोगी डा. पङ्कज कुमार सिंह र इण्डियन ओयल कर्पोरेशन लिमिटेडका अध्यक्ष अरविन्दर सिंह साहनी पनि उपस्थित थिए।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande