वनवासी कल्याण आश्रमका विद्यार्थीहरूका लागि राज्यपालले प्रदान गरे वाहन
राज्यपाल आश्रमका सदस्यहरूसँग


गान्तोक, 15 अक्टोबर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरलाई वनवासी कल्याण आश्रमका प्रतिनिधिमण्डलले बिहीवार लोकभवनमा शिष्टाचार भेट गरेको छ। बुद्धि माया तामाङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा राज्यपाल माथुरले आश्रमका विद्यार्थीहरूको आवागमनलाई सहज र सुरक्षित बनाउने उद्देश्यले आफ्नो विवेकाधीन अनुदानअन्तर्गत एउटा वाहन प्रदान गरेका छन्।

लोक भवनका अनुसार, भेटका क्रममा बुद्धि माया तामाङसहित आश्रमका पदाधिकारीहरूले राज्यपाललाई संस्थाद्वारा सञ्चालन भइरहेका विभिन्न सामाजिक, शैक्षिक तथा जनकल्याणकारी गतिविधिबारे जानकारी गराएका थिए।

यस अवसरमा प्रतिनिधिमण्डलका सदस्यहरूले विद्यार्थीहरूको सुविधालाई ध्यानमा राख्दै वाहन उपलब्ध गराएकोमा राज्यपालप्रति आभार व्यक्त गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande