अभिनेता इमरान खानलाई २८ अक्टोबरसम्म भारत छाड्न मुम्बई पुलिसको नोटिस
फाईल फोटो: फिल्म अभिनेता इमरान खान


मुम्बई, १५ अक्टोबर (हि.स.)। राजनीतिक विरोध प्रदर्शनमा सहभागी भएको भन्दै मुम्बई पुलिसले फिल्म अभिनेता इमरान खानलाई २८ अक्टोबरसम्म भारत छाड्न नोटिस जारी गरेको छ। मुम्बईको अगस्त क्रान्ति मैदानमा आयोजित राजनीतिक विरोध प्रदर्शनमा सहभागी भएपछि पुलिसले बिहिवार उनीमाथि यो कारबाही गरेको हो। इमरान खान बलिउड अभिनेता आमिर खानका भान्जा हुन्।

भारतीय जनता पार्टीका प्रदेश उपाध्यक्ष डा. किरीट सोमैयाले बिहिवार पत्रकारहरूलाई जानकारी दिँदै इमरान खान भारतीय नागरिक नभएको बताए। उनी अनुसार, इमरानको जन्म १३ जनवरी १९८३ मा अमेरिकाको विस्कन्सिन राज्य स्थित मेडिसन शहरमा भएको थियो। उनीसँग अमेरिकी नागरिकता र अमेरिकी पासपोर्ट रहेको जानकारी दिइएको छ। यस बाहेक उनीसँग भारतको विदेशी नागरिकता कार्ड (ओसीआई) पनि छ। ओसीआई कार्डले भारतीय नागरिकता प्रदान गर्दैन। यसका धारकहरूले भारतमा बसोबास गर्ने तथा आवाजाही गर्ने लगायत विभिन्न सुविधा प्राप्त गर्छन्। तर उनीहरूले भारतीय नागरिकले प्राप्त गर्ने सबै संवैधानिक तथा राजनीतिक अधिकार पाउँदैनन्।

यसको अर्थ विदेशमा बसोबास गर्ने भारतीय मूलका व्यक्तिहरूले भारतमा आजीवन प्रवेशाज्ञाको सुविधा प्राप्त गर्छन्। तर उनीहरूले मतदान गर्न वा निर्वाचनमा उम्मेदवार बन्न पाउँदैनन्। भारतीय संविधानको धारा १९ अन्तर्गत अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण सभा गर्ने अधिकार भारतीय नागरिकलाई मात्र रहेको सोमैयाले बताए। विदेशी नागरिकलाई भारतमा आयोजित विरोध प्रदर्शनमा सहभागी हुने अधिकार नरहेको उनको दाबी छ। इमरान खानले मुम्बई स्थित अगस्त क्रान्ति मैदानमा ककरोच जनता पार्टीद्वारा आयोजित विरोध प्रदर्शनमा भाग लिएका थिए। त्यसपछि पुलिसले उनलाई पक्राउ समेत गरेको थियो।

सोमैयाले यही कारण आफूले यस विषयमा मुम्बई पुलिस समक्ष उजुरी दिएको बताए। उक्त उजुरीका आधारमा मुम्बई पुलिसले बिहिवार इमरान खानलाई २८ अक्टोबरसम्म भारत छाड्न नोटिस जारी गरेको उनले जानकारी दिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande