
अमरावती, 15 अक्टोबर (हि.स.)। आफ्नो दुई दिवसीय भ्रमणमा आन्ध्र प्रदेश पुगेकी राष्ट्रपति द्रौपदी मुर्मुले बिहीवार विजयवाड़ामा राष्ट्रिय सरस मेलाको उद्घाटन गरिन्। त्यसपछि उनले मेलाका स्टलहरूको निरीक्षण गरिन्।
राष्ट्रपति मुर्मुले प्राकृतिक उत्पाद, ह्याण्डलुम र हस्तशिल्प कलालाई ध्यानपूर्वक अवलोकन गरिन्। उनले द्वारकाका महिलाहरूसित बातचित गर्दै उत्पादहरूका विशिष्टताहरूबारे प्रश्न गरिन्।
राज्यमा पहिलोपटक राष्ट्रिय सरस मेला आयोजना गरिएको छ। यो 14 दिनसम्म चल्नेछ। द्वारकाका महिलाहरूद्वारा बनाइएका उत्पादहरूको प्रदर्शनीको लागि 650 वटा स्टल लगाइएको छ। राज्य सरकारले 'स्वयं एपी' ब्राण्ड नाम अन्तर्गत उत्पादहरूको लागि मार्केटिङ्ग सुविधा प्रदान गर्दछ। आजदेखि शुरु भएको मेला यसै महिनाको 31 तारिकसम्म चल्नेछ।
राष्ट्रिय स्तरमा महिलाहरूले बनाउने वस्तुहरूलाई मान्यता दिने उद्देश्यले व्यापक रूपमा सरस मेला आयोजना गरिएको छ। कश्मीरदेखि कन्याकुमारीसम्मका विभिन्न राज्यका महिला समूहहरूका प्रतिनिधिहरू र कारीगरहरूले आफ्ना दुर्लभ उत्पादहरूको साथमा भाग लिए।
यस अवसरमा राज्यपाल अब्दुल नजीर, मुख्यमन्त्री एन चन्द्रबाबु नायडू, केन्द्रिय मन्त्री शिवराज सिंह एवं राममोहन राव उपस्थित थिए।
_
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा