
तिनसुकिया (असम), 18 अक्टोबर (हि.स.)। राज्यमा एकातिर दुर्गा पूजाको उत्साह चारैतिर देखिँदैछ भने अर्कोतिर तिनसुकिया जिल्लाको डिगबोई ऐतिहासिक रामलीला उत्सव समितिको प्रयासमा हरेक वर्ष जस्तै यस वर्ष पनि डिगबोई रिफाइनरीको खेल मैदानमा रामलीला महोत्सव आयोजना भइरहेको छ।
रामलीला उत्सव समितिका पदाधिकारीहरूले शुक्रवार बताए, पञ्चमीको दिन शुरु भएको रामलीला दशमीको दिन लङ्कापति रावणको पुतला दहनसितै समापन हुनेछ। यो रामलीला डिगबोईमा आयोजना गर्ने योजना समितिका अध्यक्ष विनोद चौबेले बनाएका हुने।
ज्ञात रहोस्, रामलीला मञ्चको उद्घाटन डिगबोई विधानसभा निर्वाचन क्षेत्रका विधायक सुरेन फुकानले गरेका थिए। रामलीला हेर्नका लागि छेउछाउबाट ठूलो सङ्ख्यामा मानिसहरू आइरहेका छन्। यद्यपि, असममा रामलीलाको मञ्चन कतिपय भागहरूमा मात्र हुन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा