
नगाउँ (असम), 16 अक्टोबर (हि.स.)। दुर्गा पूजाको उत्सवपूर्ण वातावरणमा शुक्रवार नगाउँ जिल्ला शहरको इस्लामपट्टीमा अवस्थित मोबाइल तेल गोदाममा ठूलो आगलागी भयो। घटनामा करोडौँ रुपियाँको सम्पत्ति नष्ट भएको हुनसक्ने अनुमान गरिएको छ।
यो आगो नेमकेयर अस्पतालको ठीक अगाडि रहेको गोदाममा लागेको हो। आगो द्रुत गतिमा फैलिएर सम्पूर्ण परिसरलाई नै आफ्नो चपेटमा लियो। यस घटनाको कारणले क्षेत्रमा ठूलो कोकोहोलो मच्चाियो। यो गोदाम घना जनसङ्ख्या भएको आवासीय क्षेत्र र व्यस्त व्यापारिक क्षेत्रको धेरै नजिकमा अवस्थित छ।
बताइँदैछ, गोदामभित्र आगलागी भएको थियो तथापि आगलागीको सही कारण थाहा हुन सकेको छैन। यस भयानक आगलागीमा ठूलो क्षति भएको आशङ्का व्यक्त गरिएको थियो, तर सौभाग्यवश ठूलो दुर्घटना हुनदेखि बच्यो, किनभने नजिकैको आवासीय तथा व्यापारिक क्षेत्रहरू आगोको चपेटमा पर्नदेखि बच्यो।
दमकल तथा आपतकालीन सेवाहरूले तुरून्तै घटनास्थलमा पुगेर आगोलाई नियन्त्रण गर्ने प्रयास शुरु गरे। तर घटनामा कुनै पनि प्रकारको मानवीय क्षति भएको खबर आएको छैन।
यो घटना दुर्गापूजाको समयमा भएकोले नगाउँमा उत्सवको वातावरण फिका भएको छ। आगलागीको कारण र क्षतिको अन्तिम मूल्याङ्कनबारे थप विवरण आउन बाँकी छ।
यसबाहेक आज बिहान जिल्लाको हैबर गाउँस्थित ज्योति फ्लोर मिल (आटा मिल)- मा पनि ठूलो आगलागी भएको बताइएको छ। त्यहाँ पनि दमकलकर्मीहरूले आगोलाई निभाउनको लागि कड़ा प्रयास गरे। यस दुर्घटनामा लाखौँ रुपियाँको सम्पत्ति र सामानको क्षति भएको आशङ्का व्यक्त गरिएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा