नगाउँ कङ्ग्रेस सिद्धिनेछ, एआईयूडीएफका पाँच जना विधायक विजयी हुनेछन्ः बदरूद्दीन अजमल
बदरुद्दीन अजमल Badruddin Ajmal বদৰুদ্দিন আজমল


गुवाहाटी, 16 अक्टोबर (हि.स.)। अल इण्डिया यूनाइटेड डेमोक्रेटिक फ्रन्ट (एआईयूडीएफ) का प्रमुख बदरूद्दीन अजमलले असमको नगाउँ जिल्लामा कङ्ग्रेसको राजनीतिक अस्तित्व मेटिने दाबी गरेका छन्। उनले आगामी विधानसभा चुनाउमा जिल्लाबाट पाँच जना एआईयूडीएफ विधायकहरू निर्वाचित हुने दाबी पनि गरेका छन्।

अजमलले भने, नगाउँमा कङ्ग्रेस शून्यमा झर्नेछ। उनले दाबी गरे, नगाउँबाट कङ्ग्रेस सिद्धिदैँछ। आउँदो समयमा पार्टीको स्थिति अझ कमजोर हुनेछ।

एआईयूडीएफ. प्रमुखले आगामी चुनाउमा नगाउँबाट आफ्नो पार्टीका पाँच जना विधायकहरू निर्वाचित हुने आशा व्यक्त गरे। यसको साथै उनले दाबी गरे, नगाउँबाट एआईयीडीएफको एकजना सांसद पनि निर्वाचित हुनेछन्।

अजमलले अहिलेघरि विभिन्न विधानसभा निर्वाचन क्षेत्रहरूमा धन्यवाद यात्रा गरिरहेका छन्। यस अवधि उनले लगातार कङ्ग्रेसलाई लक्षित गर्दै पार्टीको राजनीतिक अवस्थाको आलोचना गरिरहेका छन्।

उनको उक्त बयानलाई नगाउँ जिल्लामा एआईयूडीएफको राजनीतिक पक़ड बलियो बनाउने र आगामी चुनाउअघि पार्टीको जनाधार बढ़ाउने प्रयासको रूपमा हेरिएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande