
मेदिनीपुर, 16 अक्टोबर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको केशियाड़ी थाना अन्तर्गत कलाबनीमा शुक्रवार राष्ट्रिय राजमार्गमा पिकअप भ्यान र मोटरसाइकलको भिड़न्तमा एकजना युवाको मृत्यु भयो भने अर्का एकजना युवक गम्भीर घाइते भए।
स्थानीय सूत्र अनुसार, मोटरसाइकलमा सवार भएर दुई जना युवकहरू बेलदातिर आइरहेका थिए। यसै क्रममा कलाबनी क्षेत्रमा राष्ट्रिय राजमार्गमा मोड़िँदा मोटरसाइकल नियन्त्रण भएर भ्यानको पछाडि ठोक्कियो। ठक्कर यति ठूलो थियो कि मोटरसाइकलमा सवार दुवै युवक गम्भीर घाइते भए। यीमध्ये एकजना युवाको घटनास्थलमै मृत्यु भयो।
दुर्घटनाको सूचना पाए लगत्त राष्ट्रिय राजमार्ग प्राधिकरणका कर्मचारीहरू एवं केशियाडी पुलिस घटनास्थलमा पुगे। घाइते युवकलाई तत्कालै उपचारका लागि अस्पतालमा लगियो। पुलिसले दुर्घटनामा संलग्न मोटरसाइकललाई पनि जफत गरेको छ।
पुलिसले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ। मृतक र घाइते युवकको पहिचानको विवरण अहिले उपलब्ध हुन सकेको छैन।
--------
/ बिशाल