फरिदाबादः महिलाले प्रेमी र छोरीसित मिलेर पतिको हत्या गरिन्, जाँच शुरू
मृतक गोपाल व उसकी पत्नी काजल का फोटो


फरिदाबाद, 16 अक्टोबर (हि.स.)। थाना पल्ला क्षेत्रको श्याम कलोनीमा एकजना व्यक्तिको गर्दन काटेर हत्या गरियो। हत्याको आरोप मृतककी पत्नी, छोरी र पत्नीको प्रेमीमाथि लगाइएको छ। हाल पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएर तीनैजनालाई हिरासतमा लिई जाँच शुरू गरेको छ। जानकारी अनुसार पल्ला थाना क् अन्तर्गत श्याम कलोनीको पार्ट एकमा गोपाल नामक व्यक्तिको धारिलो हतियारले घाँटी काटेर हत्या गरिएको छ।

मूलतः गोपाल कुँवरपुर गाउँ, जिल्ला हाथरसका बासिन्दा थिए भने आफ्नी पत्नी र छोरीसित यहाँ श्याम कलोनी भाग एकको गल्ली नम्बर-5 स्थित घर नम्बर-79 को कोठामा भाडामा बस्दै आएका थिए। एकजना छिमेकीले बताए अनुसार उनी राती खाना खाएपछि सुतेका थिए। उनले कुनै असामान्य आवाजलाई सुनेनन्। शुक्रवार बिहान घटना प्रकाशमा आएपछि क्षेत्रमा कोकोहोलो मच्चियो। गोपालको हत्या उनकी पत्नी काजल, प्रेमी योगेन्द्र र उनकी छोरीले गरेको मृतकको परिवारले आरोप लगाएको छ।

उनीहरूले बताए, काजल र योगेन्द्रमाझ विगत तिन वर्षदेखिको प्रेम सम्बन्ध थियो। गोपालको हत्या पनि यसै कारणले गरिएको परिवारले शङ्का व्यक्त गऱ्यो। परिवारका सदस्यहरू अनुसार गोपालको फोनबाट उनकी पत्नीले उनीहरूलाई बताइन्, उनीहरूको भाइ गोपाल अस्वस्थ भएका छन्, त्यसैले उनीहरू तुरुन्तै फरिदाबाद आउन्। परिवारका सदस्यहरू घरमा पुग्दा त्यहाँको डरलाग्दो दृश्य उनीहरूले देखे। गोपालको गर्दन काटिएको थियो भने शव जमिनमा लड़िरहेको थियो। पुलिसले तीनै जनालाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande