
पूर्वी सिंहभूम, 16 अक्टोबर (हि.स.)। गोलमुरी सब्जी बजारमा गए बिहीवार राती अचानक आगो लाग्नाले कोकोहोलो मच्चियो।
आगोले हेर्दा-हेर्दै विकराल रूप धारण गऱ्यो भने नौभन्दा अधिक पसलहरू यसको चपेटमा परेर खरानीमा परिणत भयो। पसलहरूमा राखिएका सामानहरू पनि पूर्ण रूपमा नष्ट भयो। घटनापछि बजारका पसल मालिकहरूमा खैलाबैला मच्चियो भने उनीहरू आफ्ना पसलहरूको अवस्था हेर्न घटनास्थलमा पुगे।
बजारका अधिकांश पसल बाँस-बल्ली र झुपड़ी जस्ता संरचनाबाट बनिएको बताइएको छ। त्यसैले आगो तीव्र गतिमा फैलियो। वरपरका अन्य केही पसलहरूमा पनि आंशिक क्षति पुगेको छ।
स्थानीय जनताले तत्कालै फायर ब्रिगेडलाई घटनाको जानकारी दिए। सूचना पाएपछि आगो निभाउन दुई वटा दमकल वाहनहरू घटनास्थलमा आइपुगे।
पसलहरूमा ज्वलनशील सामग्री तथा अस्थायी संरचनाहरू भएकाले दमकल कर्मीहरूलाई आगो नियन्त्रण गर्न गाह्रो पऱ्यो। घण्टौँको प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो। तर, त्यतिञ्जेलसम्म पसलहरूमा राखिएका अधिकांश सामानहरू नै जलेर भस्म भइसकेका थिए। अघलागीमा भएको क्षतिको मूल्याङ्कन हाल हुन सकेको छैन।
घटनाको जानकारी पाएर ठूलो सङ्ख्यामा पसल मालिकहरू बजार पुगेका थिए। आफ्ना पसलहरू जलेको देखेर तिनीहरू निराश भए। पसल मालिकहरू समक्ष अब जीविकोपार्जनको सङ्कट उत्पन्न हुने चिन्ता छ।
गोलमुरी तरकारी बजारमा विगतमा पनि आगलागीका घटनाहरू भइससकेका छन्। बारम्बार आगलागी भए पनि बजारमा अग्निशमन एवं सुरक्षा व्यवस्था नभएकोमा गम्भीर प्रश्न उठिरहेको छ।
आगलागीको कारण अहिले पत्तो लाग्न सकेको छैन। सम्बन्धित विभागहरूद्वारा अनुसन्धान भइरहेको छ। आगलागीको सही कारण र क्षतिको परिमाण अनुसन्धान पूरा भएपछि मात्र पत्तो लगाउन सकिन्छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा