मङ्गन बजार आँगनवाड़ी केन्द्रमा बेटी जन्मोत्सव पालन
मङ्गन बजार आँगनवाड़ी केन्द्रमा बेटी जन्मोत्सव पालन


मङ्गन, 16 अक्टूबर (हि.स.)। बेटी बचाओ, बेटी पढ़ाओ (बीबीबीपी) अभियानअन्तर्गत शुक्रवार लोअर मङ्गन बजारस्थित आँगनवाड़ी केन्द्रमा बेटी जन्मोत्सव पालन गरेको छ।

कार्यक्रमको क्रममा मङ्गनकी सीडीपीओ सोनाम लाडेन लाचुङ्पाले बेटी बचाओ, बेटी पढ़ाओ (बीबीबीपी) योजनाका उद्देश्य र मुख्य पक्षहरूबारे प्रकाश पारिन्। उनले शिशुलाई पूर्ण रूपमा आमाको दूध मात्र खुवाउनुको महत्त्व, समयमै पूरक आहार शुरु गर्नुको आवश्यकता तथा प्रसवको समयमा र त्यसपछिको अवस्थामा तनाउ व्यवस्थापनबारे चर्चा गरिन् साथै उनले सुत्केरी अवस्थामा आमाहरूको उचित हेरचाह र सहयोगको आवश्यकतामाथि जोड़ दिइन्।

पोषण निरीक्षक सोनाम नामग्यालले सहभागीहरूलाई स्तनपान गराइरहेका आमाहरूका लागि सन्तुलित आहार र उपयुक्त पोषणको महत्त्वबारे जानकारी गराइन्। उनले बालकबालिकाको स्वस्थ वृद्धि र विकासका लागि आवश्यक पर्ने पूरक आहारको महत्त्व, त्यो शुरु गर्ने सही समय, त्यसमा समावेश हुनुपर्ने तत्त्व र त्यसलाई तयार पार्ने तरिकाबारे पनि विस्तृत रूपमा बताइन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande