
मुम्बई, 16 अक्टोबर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) ले शुक्रवार मुम्बईमा भने, शिवसेना (उद्धव बालासाहेब ठाकरे) का सांसद सञ्जय राउतले सर्वोच्च अदालतसित माफी माग्नका साथै महाराष्ट्रका 14 करोड़ जनता तथा देशका 140 करोड़ जनतासँग माफी माग्नुपर्छ।
भाजपाका प्रदेश प्रवक्ता नवनाथ बनले आरोप लगाए, सञ्जय राउत र राहुल गान्धीले जनतालाई भ्रमित पारिरहेका छन् तथा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) लाई लिएर भ्रम फैलाइरहेका छन्।
बानले आज भाजपाको प्रदेश कार्यालयमा पत्रकारहरूसँग बातचित गर्दै थिए। उनले बताए, राहुल गान्धीपछि अब सञ्जय राउतले पनि माफी माग्ने परम्परालाई अगाडि बढाइरहेका छन्। यदि सञ्जय राउतले न्यायको माग गरिरहेका छन् भने उनले पालघरमा साधुहरूको हत्या, दिशा सालियनको मृत्यु, पत्राचाल मुद्दा एवं न्यायको प्रतिक्षा गरिरहेकी पाटकर नामक महिलाको मुद्दामा पनि न्यायको माग गर्नुपर्छ भनी उनले प्रश्न गरे।
उनलेआरोप लगाए, 13 करोड़ मतदाताको नाम काटिएको दाबी गरेर राहुल गान्धी अनि सञ्जय राउतले मानिसहरूमा भ्रम फैलाइरहेका छन्। उनले बताए अनुसार यो सङ्ख्यामा दोहोरो मतदाता, मृत व्यक्ति एवं बसाई सरेका व्यक्तिहरूको नाम पनि समावेश छ। उनले दाबी गरे, बाँकी तीन करोड नामलाई लिएर पनि भ्रमको स्थिति उत्पन्न भएको छ। उनले भने, एसआईआर प्रक्रिया अन्तर्गत योग्य मतदाताहरूले फारम-6 भरेर मतदाता सूचीमा आफ्नो नाम दर्ता गर्न सक्छन्। उनले विपक्षी दलमाथि प्रहार गर्दै आरोप लगाए, उनले मतदाता सूचीमा अनियमितताको नममा एसआईआरको विरोध गरिरहेका छन्। उनले यो पनि भने, आफ्ना सांसद, विधायक एवं कार्यकर्ताहरूलाई एकसाथ राख्न असफल भएपछि विपक्षीले निर्वाचन आयोगलाई दोष दिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा