
मुम्बई, 16 अक्टोबर (हि.स.)। महाराष्ट्रको नाँदेड़ जिल्लाको माहुर क्षेत्रस्थित किरोली घाटमा शुक्रवार बिहान एउटा टेम्पो अनियन्त्रित भएर खाड़लमा झऱ्यो जसले गर्दा टेम्पोमा सवार तीन जना यात्रीहरूको मृत्यु भयो भने पाँच जना मानिसहरू घाइते भए। घटनाको जानकारी पाउनसाथ नाँदेड़ पुलिसले घटनास्थलमा पुगेर राहत एवं उद्धार कार्य शुरू गऱ्यो।
घटनाको अनुसन्धान गरिरहेका एकजना पुलिस अधिकारीले बताए, यवतमाल जिल्लाका भक्तहरू नाँदेड़को माहुरमा रेणुका माताको दर्शन गर्न आएका थिए। आज बिहान सबै भक्तहरू टेम्पोमा यवतमाल फर्किरहेका थिए। उनीहरूको टेम्पो माहुरको किरोली घाटमा एउटा घुमाउरो मोड़मा पुग्दा टेम्पो चालकले नियन्त्रण गुमायो जसले गर्दा तीव्र गतिमा आएको टेम्पो सोझै गहिरो खाड़लमा झऱ्यो। घटनाको जानकारी पाएपछि स्थानीयहरू घटनास्थलमा पुगे। पुलिसलाई पनि यसबारे जानकारी गराइयो। त्यसपछि स्थानीय मानिसहरू, क्रेन तथा पुलिसको सहयोगमा उद्धार कार्य गरियो।
घाइते एवं शवहरू सहित टेम्पोलाई पनि बाहिर निकायो। यस भयानक दुर्घटनामा तीन जना मानिसहरूको मृत्यु भयो भने पाँच जना गम्भीर रूपमा घाइते तिर्थयात्रीहरूलाई तुरुन्तै माहुरको ग्रामीण अस्पतालमा लगियो जहाँ उनीहरूको उपचार भइरहेको छ। नाँदेड़ पुलिसले मृतक एवं घाइतेको पहिचान गर्ने प्रयास गरिरहेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा