पाकिममा जल सुरक्षासम्बन्धी पहिलो जिल्लास्तरीय तालिम सम्पन्न
पाकिममा जल सुरक्षासम्बन्धी पहिलो जिल्लास्तरीय तालिम सम्पन्न


पाकिम, 16 अक्टूबर (हि.स.)। जिल्लाभरि जलस्रोत व्यवस्थापनलाई सुदृढ़ पार्न र व्यवस्थित तथ्याङ्क सङ्कलन सुनिश्चित गर्ने दिशामा एक महत्त्वपूर्ण कदमका रूपमा 12 अक्टोबरमा पाकिम ब्लकमा जल सुरक्षासम्बन्धी पहिलो जिल्लास्तरीय तालिम कार्यक्रम सञ्चालन गरियो।

बेटवा सोलुसनका संस्थापक आशिष विक्रम जैनद्वारा सञ्चालित यस तालिममा तीन मुख्य पक्ष-मूल/स्रोतहरूको सूचीकरण, घरधुरी सर्वेक्षण र तथ्याङ्क सङ्कलनका लागि ‘एम-वाटर’ एप्लिकेसनको प्रयोगमा केन्द्रित रहेर प्रशिक्षण दिइयो।

तालिमको उद्देश्य सहभागीहरूलाई मूल वा पानीका स्रोतहरूको सूचीकरण गर्ने प्रक्रिया, घरधुरी सर्वेक्षण सञ्चालन गर्ने विधि र प्रभावकारी तथा व्यवस्थित तथ्याङ्क सङ्कलनका लागि ‘एम-वाटर’ एप्लिकेसनको प्रयोगबारे जानकारी गराउनु रहेको थियो। यी गतिविधिहरूले जलस्रोतको अझ राम्रो योजना तर्जुमा, मूल्याङ्कन र व्यवस्थापनका लागि भरपर्दो स्थलस्तरीय जानकारी सङ्कलन गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

पाकिमका 20 जना बीएफई र 41 जना डीडीएमएस कर्मचारीहरूको उपस्थिति रहेको यस कार्यक्रममा सहभागीहरूले जल सुरक्षा पहलअन्तर्गत तथ्याङ्क सङ्कलन प्रक्रियाबारे आफ्नो बुझाइ र व्यावहारिक ज्ञान अभिवृद्धि गरे।

यो कार्यक्रम पाकिम ब्लकमा सञ्चालित जल सुरक्षा तालिमको पहिलो चरण हो। यस पहललाई विस्तार गर्न र जिल्लाभरि यसको कार्यान्वयनमा संलग्न जनशक्तिको क्षमता सुदृढ़ पार्न आगामी दिनहरूमा थप तालिम सत्रहरू सञ्चालन गरिनेछन्।

यस पहलले जिल्लामा दिगो जलस्रोत व्यवस्थापन र दीर्घकालीन जल सुरक्षालाई टेवा पुर्‍याउन सही तथ्याङ्क, समुदायस्तरीय सर्वेक्षण र व्यवस्थित अभिलेखीकरणको महत्त्वलाई उजागर गर्दछ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande