सुरक्षा बल एवं पुलिसले जम्मू-कश्मीरको पुँछमा कतिपय स्थानहरूमा खोजी अभियान सञ्चालन गऱ्यो
सुरक्षा बल एवं पुलिसले जम्मू-कश्मीरको पुँछमा कतिपय स्थानहरूमा खोजी अभियान सञ्चालन गऱ्यो


पुँछ, 16 अक्टोबर (हि.स.)। सुरक्षा बलहरू एवं पुलिसले शुक्रवार कड़ा सुरक्षा उपाय अन्तर्गत जम्मू कश्मीरको पुँछ जिल्लाका चार वटा स्थानहरूमा खोजी अभियान शुरू गऱ्यो। यो खोजी अभियान यस्तो अवस्थामा भइरहेको छ जतिबेला हालैमा पुँछको कृष्णा घाटी सेक्टर संलग्न नियन्त्रण रेखा (एलओसी)- मा भएको संदिग्ध इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस विस्फोटमा पाकिस्तान अधिकृत जम्मू-कश्मीरका चार जना सन्दिग्ध आतङ्ककारी मारिएका थिए।

अधिकारीहरू अनुसार शुक्रवार गुरसाईको विशेष अपरेशन्स ग्रुपले मेन्ढर उपमण्डलको गुरसाई-हारूनी-बैधार क्षेत्रमा खोजी अभियान सञ्चालन गऱ्यो। एसओजी मेन्ढर तथा सेनाको राष्ट्रिय राइफल्सले संयुक्त रूपमा धरणा गाउँ, कश्मीर मोहल्ला, बेहरी जङ्गल र छेउछाउका क्षेत्रहरूमा अर्को खोजी अभियान सञ्चालन गऱ्यो।

एसओजी मानकोटले पनि मानकोट पुलिस चौकीको क्षेत्राधिकारमा पर्ने मङ्ग्लानु-चिल्ला वन क्षेत्रमा एउटा खोजी अभियान शुरू गऱ्यो। अधिकारीहरूले बताए, यी कारबाहीहरूको उद्देश्य सुरक्षा सुदृढीकरण गर्नु अनि सीमावर्ती जिल्लामा आतङ्कवादीहरूको सम्भावित गतिविधिको निगरानी गर्नु हो।

यसअघि गत मङ्गलवार पनि सथरबनको जङ्गलमा आतङ्कवादीहरूको एउटा ठेगानाको भण्डाफोर गरिएको थियो जहाँबाट एउटा स्वचालित राइफल, छ वटा ह्याण्ड ग्रेनेड र गोलाबारुद जफत गरिएको थियो।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande