
-केन्द्रिय गृहमन्त्री अमित शाहको सम्बोधनबाट नक्सल हिंसाबाट प्रभावित दाज्यु-भाइ तथा दिदी-बहिनीहरूको आत्मविश्वास बढेको छः मुख्यमन्त्री श्री साय
-छत्तीसगढमा पहिलो पटक अन्तर्राष्ट्रिय महिला क्रिकेट खेल आयोजना गर्ने, महिला दर्शकका लागि प्रवेश निःशुल्क
रायपुर 16 अक्टोबर (हि.स.)। मुख्यमन्त्री विष्णुदेव सायले शुक्रवार पत्रकारहरूसित चर्चा गर्दै भने, हामीले राष्ट्रपति द्रौपदी मुर्मुको प्रस्तावित छत्तीसगढ़ भ्रमणको सन्दर्भमा राष्ट्रपतिलाई बस्तर भ्रमणमा आउन आमन्त्रित गरेका थियौँ। पूर्वमा बस्तरका माँझी-चालकी प्रतिनिधिहरूसँगको भेटमा उनलाई बस्तर आउने अनुरोध गरिएको थियो जसलाई उनले खुसीसाथ स्वीकार गरेकी थिइन्। उनको आगामी 22 र 23 अक्टोबरमा छत्तीसगढ़ प्रवास प्रस्तावित छ। 23 अक्टोबरमा उनी जगदलपुर जानेछन् र त्यहाँ मुरिया दरबारमा भाग लिनेछन्। राष्ट्रपतिको बस्तर भ्रमण हामी सबैका लागि आनन्द र गर्वको अवसर हो।
नक्साल हिंसाबाट प्रभावित एवं अन्य दिव्याङ्गजनहरूलाई सहायक उपकरण वितरण कार्यक्रमको उल्लेख गर्दै मुख्यमन्त्री सायले भने, केन्द्रिय गृह तथा सहकारिता मन्त्री अमित शाहले भिडियो कन्फ्रेन्सको माध्यमबाट दन्तेवाड़ामा आयोजित शिविरलाई सम्बोधन गरेका छन्। यो नक्साल हिंसाबाट प्रभावित मानिसहरूलाई सबै सम्भव सहयोग प्रदान गर्ने र गरिमा एवं विश्वासको साथमा अगाडि बढाउने सरकारको प्रयास हो।
राज्यमा पहिलोपटक आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय महिला क्रिकेट खेलको सन्दर्भमा मुख्यमन्त्री सायले भने, छत्तीसगढ़को लागि खुसीको कुरा हो। भारत र जिम्बाब्वेका महिला क्रिकेट टोलीहरूमाझ हुने खेल महिला दर्शकहरूका लागि निःशुल्क छ। यसले राज्यका आमा, दिदी-बहिनी र छोरीहरूलाई अन्तर्राष्ट्रिय खेलाडीहरूबाट प्रोत्साहन र प्रेरणा लिने अवसर प्रदान गर्नेछ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा