केन्द्र सरकारले 'शत्रु सम्पत्ति' को संरक्षण पश्चिम बङ्गाललाई सुम्पिनेछः मुख्यमन्त्री शुभेन्दु अधिकारी
दीप जलाते मुख्यमंत्री शुभंदु अधिकारी


कोलकाता, 16 अक्टोबर (हि.स)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले घोषणा गरेका छन्, केन्द्र सरकारले राज्यमा अवस्थित सबै 'शत्रु सम्पत्ति'-हरूको संरक्षक पश्चिम बङ्गाल सरकारलाई बनाउन गइरहेको छ।

मुख्यमन्त्रीले उक्त मन्तव्य मुर्शिदाबाद जिल्लाको लालबागमा दुर्गा पूजा पण्डालको उद्घाटन गर्ने क्रममा व्यक्त गरेका हुन्। उनले बताए, राज्य सरकारको मुख्य उद्देश्य यी सम्पत्तिहरूबाट प्राप्त राजस्वलाई स्थानीय विकास परियोजनाहरूलाई गति दिन प्रयोग गर्नु हो।

शुभेन्दु अधिकारीले जानकारी गराउँदै भने, नयाँ दिल्लीमा हालैमा आयोजित बिमस्टेक देशहरूका गृहमन्त्रीहरूको बैठकमा यस विषयमा छलफल भएको थियो। त्यसपछि केन्द्रिय गृहमन्त्री अमित शाहको नेतृत्वमा रहेको केन्द्रिय गृह मन्त्रालयले उक्त प्रस्तावलाई स्वीकृति दिएको छ।

शत्रु सम्पत्तिको अर्थ ती चल तथा अचल सम्पत्तिहरू हो जसलाई उनीहरूले भारतमा छोड़ेर गएका थिए जो पछि ती देशहरूमा पलायन भएर त्यताकै नागरिकता लिए, उनीहरूलाई नै शत्रु देशमानिन्छ। यी सम्पत्तिहरूमा मुख्यतया जग्गा, भवनहरू, कम्पनीहरूको शेयर र ब्याङ्कहरूमा जम्मा गरिएको सुन आदि समावेश छन्।

आधिकारिक सूत्र अनुसार शत्रु सम्पत्तिको सङ्ख्यामा पश्चिम बङ्गाल सम्पूर्ण देशमा दोस्रो स्थानमा छ। मुख्यतया मुर्शिदाबाद, मालदा, कोलकाता एवं उत्तर र दक्षिण 24 परगना जिल्लाहरूमा फैलिएको यस राज्यमा लगभग चार हजार सम्पत्तिहरू अवस्थित छन्।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande