जुबिन गर्ग हत्याकाण्डमा निलम्बित डीएसपी सन्दीपन गर्गलाई जमानत
File photo of Sandeepan Garg and Zubeen Garg.


गुवाहाटी, 16 अक्टोबर (हि.स.)। लोकप्रिय असमिया गायक जुबिन गर्गको मृत्युसँग सम्बन्धित हत्याकाण्डका आरोपी निलम्बित असम पुलिस उपाधीक्षक (डीएसपी) सन्दिपन गर्गलाई जमानत प्राप्त भएको छ। गुवाहाटी उच्च अदालतले शुक्रवार उनको जमानत आवेदनलाई स्वीकृत गरेको छ।

सन्दीपन गर्ग स्वर्गीय गायक जुबिन गर्गका आफन्त हुन्। उनलाई उक्त मामिलामा अभियुक्त बनाइएको थियो। उनी असम पुलिसमा डीएसपीको पदमा कार्यरत थिए, तर अहिले निलम्बित भएका छन्।

जुबिन गर्गको मृत्युको सम्बन्धमा हत्याको मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ। गायकको मृत्युपछि यो मुद्दाले असमभरि व्यापक चर्चा बटुलेको थियो। यस मामिलामा धेरै जनालाई अभियुक्त बनाइएको छ।

यसअघि सोही मामिलामा अर्का अभियुक्त अमृतप्रभा महन्तलाई पनि गुवाहाटी उच्च अदालतले जमानत दिएको थियो। सन्दीपन गर्गलाई जमानत दिएपछि यस मुद्दाको कानुनी कारबाहीमा अर्को महत्त्वपूर्ण घटनाक्रम प्रकाशमा आएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande