
शिमला, १९ अक्टोबर (हि.स.)। हिमाचल प्रदेशको शिमलामा लागुऔषध विरुद्ध कारबाही गर्दै पुलिसले दुई छुट्टाछुट्टै घटनामा लगभग २६ ग्राम हेरोइन जफत गरेको छ। यस क्रममा चार जनालाई पक्राउ गरिएको छ।
पुलिस अनुसार, पहिलो घटनामा ब्युलिया बाइपास नजिक एउटा कारबाट लगभग ६ ग्राम हेरोइन जफत गरिएको छ। यस मामिलामा सुरेन्द्र ठाकुर (३३) लाई पक्राउ गरिएको छ।
दोस्रो घटनामा तारादेवी क्षेत्रमा एउटा कारको तलासी लिँदा लगभग २० ग्राम हेरोइन जफत भएको छ। यस मामिलामा मनोज कुमार (२०), लखविन्द्र सिंह (३६) र सौरव कश्यप (२९) लाई पक्राउ गरिएको छ।
पुलिसले दुवै घटनामा लागुऔषध तथा एनडीपीएस एक्ट अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको छ। पक्रा परेका आरोपीहरूलाई अदालतमा पेश गरिने पुलिसले जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी