घरबाट ८० लाख रुपियाँका गहना र १५ हजार रुपियाँ नगद चोरी
Fir


शिमला, १९ अक्टोबर (हि.स.)। शिमला जिल्लाको ठियोग क्षेत्रमा एउटा घरबाट नगद र लाखौँ रुपियाँ मूल्यका सुनचाँदीका गरगहना चोरी भएको घटना सार्वजनिक भएको छ। चोरी भएको सम्पत्तिको अनुमानित मूल्य लगभग ८० लाख रुपियाँ रहेको बताइएको छ। चोरहरूले घरबाट १५ हजार रुपियाँ नगद समेत लगेका छन्। पुलिसले उजुरीका आधारमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ।

पुलिस अनुसार, ठियोगको तीर गाउँ, मतियाना हुलाक कार्यालय क्षेत्रका निवासी स्वर्गीय लायक रामका छोरा मनिन्दर सिंहको घरमा चोरी भएको हो। उजुरीमा उल्लेख भए अनुसार, उनी १७ अक्टोबरको रात कलगमा रहेको आफ्नो अर्को घरमा सुत्न गएका थिए। यस अवधि उनको घर खाली थियो।

१८ अक्टोबरको बिहान मनिन्दर सिंहका भाइ मदन चौहानले फोन गरेर घरमा चोरी भएको जानकारी दिए। त्यसपछि घरबाट नगद र परिवारका विभिन्न सुनचाँदीका गरगहना चोरी भएको थाहा भयो। चोरी भएको सम्पत्तिको कूल अनुमानित मूल्य लगभग ८० लाख रुपियाँ आँकलन गरिएको छ।

पुलिसका एक अधिकारीले सोमवार बताए अनुसार, यस घटनामा ठियोग पुलिस थानामा भारतीय न्याय संहिता (बीएनएस) को धारा ३३१(४) र ३०५ अन्तर्गत प्राथमिकी दर्ता गरिएको छ। घटनाको थप अनुसन्धान सहायक उपनिरीक्षक विजय कुमारले गरिरहेका छन्। पुलिसले चोरीको घटनासँग सम्बन्धित तथ्यहरूको अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande