
गोलकगञ्ज (असम), 24 अक्टोबर (हि.स.)। असमको गोलकगञ्जस्थित बिषखोवामा शनिवार भएको दुःखदायी सड़क दुर्घटनामा एकजना 22 वर्षीय महिलाको मृत्यु भयो भने अन्य 6 जना मानिसहरू घाइते भए। यो दुर्घटना ई-रिक्सा र चार चक्के वाहन आपस्तमा ठोक्किएर भएको हो।
आज आधिकारिक सूत्रबाट प्राप्त जानकारी अनुसार ई-रिक्सा र चार चक्के सवारी साधनबीच भएको ठक्करमा ई-रिक्सामा सवार 22 वर्षीया महिलाको घटनास्थलमै मृत्यु भयो। दुर्घटनामा पाँच जना यात्रु र ई-रिक्शाका चालक घाइते भएका छन्।
घटनापछि यस क्षेत्रमा शोकको वातावरण छाएको छ। घाइतेको अवस्था र दुर्घटनाको कारणबारे विस्तृत जानकारीको प्रतिक्षा छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा