
सिलगढ़ी, 24 अक्टोबर (हि.स.)। राज्यका पर्यटन मन्त्री शङ्कर घोषले शनिवार पुलिस आयुक्त, नगर आयुक्त एवं अन्य अधिकारीहरूसँग दुर्गा पूजापछि शहरको ट्राफिक व्यवस्थालाई सामान्य बनाउन अनि विसर्जनको क्रममा भएको गडबडीको समीक्षा गर्न विभिन्न प्रमुख सड़कहरूको निरीक्षण गरे। यातायात सहज बनाउनको लागि सड़कमा बनाइएका पूजा गेटहरू चाँडै हटाउन प्रशासनले पूजा समितिहरूलाई निर्देश दिएको छ।
मन्त्री शङ्कर घोषले भने, गेट हटाउनमा अनावश्यक ढिल्याई नहोस् तथा शहरका सड़कहरूलाई चाँड़ै यातायातको लागि पूर्ण रूपमा खोलिनुपर्छ। यसको साथै शहरको पार्किङ्ग प्रणालीमा सुधार ल्याउनेमाथि पनि जोड दिइयो।
यता मूर्ति विसर्जन अवधि वाहनहरूमा क्षमताभन्दा अधिक मानिसहरू सवार भएको तथा चालकहरूको लापरवाहीलाई लिएर पनि चिन्ता व्यक्त गरियो। मन्त्रीले बताए, एउटा क्लबको विसर्जन अवधि यस्तो अवस्था भएको थियो कि नगरनिगमका कर्मचारीहरूले हस्तक्षेप गर्नुपऱ्यो। अव्यवस्थामा संलग्न पूजा समितिहरूको बारेमा प्रशासनलाई जानकारी रहेको उनले स्पष्ट पारे।
मन्त्रीले भने, पूजा समितिले उत्सव आयोजना गर्नका साथै आम जनताको सुरक्षा र सुव्यवस्थापनको जिम्मेवारी काँधमा लिनुपर्छ। आउँदो वर्ष दुर्गा पूजालाई अझ सुरक्षित र व्यवस्थित बनाउन प्रशासनले दिसम्बर वा जनवरीसम्ममा नयाँ दिशानिर्देश जारी गर्ने योजना बनाइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा