
गान्तोक, 24 अक्टोबर (हि.स.)। भारत-तिब्बत सीमा पुलिस बल (आईटीबीपी) को ६५औँ स्थापना दिवसका अवसरमा सिक्किमको लिङ्दमस्थित १३औँ वाहिनीमा उत्साह र गरिमामय वातावरणमा समारोह आयोजना गरियो।
यस अवसरमा १३औँ वाहिनीका द्वितीय कमान तथा कमान अधिकारी राजेन्द्र सिंह राजपूतले परेडको सलामी ग्रहण गर्दै वाहिनीका सम्पूर्ण अधिकारी, हिमवीर तथा उनीहरूका परिवारजनलाई बल स्थापना दिवसको हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे।
स्थापना दिवसका अवसरमा वाहिनी मुख्यालयसहित सबै अग्रिम चौकीहरूमा सामूहिक भोजको आयोजना गरियो। यस कार्यक्रमले हिमवीरहरूबीच आपसी भाइचारा, एकता तथा पारिवारिक सद्भावको भावनालाई थप सुदृढ बनाएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल