
कोण्डा गाउँ, 24 अक्टोबर (हि.स.)। गए शुक्रवार राती करिब 10ः30 बजे छत्तीसगढ़को कोण्डागाउँ जिल्लास्थित फरसगाउँ थाना अन्तर्गत गट्टीपालना मोड़मा द्रुत गतिमा गइरहेको एउटा बलेरो अनियन्त्रित भएर रूखमा ठोक्कियो। दुर्घटनामा सेनाका जवान सुन्दरलाल नेतामको मृत्यु भयो भने अर्का जवान मनिष नेताम गम्भीर घाइते भए। वाहनमा रहेका अन्य पाँच जना मानिसहरू पनि घाइते भएका छन्।
प्राप्त जानकारी अनुसार बेलेरोमा सात जना मानिसहरू सवार भएर अबेर राती लगभग सढ़े दश बजेदशै पर्वको कार्यक्रम हेर्न ग्राम पाण्डे अठगाउँ गइरहेका थिए। यसै क्रममा गट्टीपलनाको घुमाउरो मोड़मा पुगेपछि वाहन अनियन्त्रित भएर रूखसित ठोक्कियो। दुर्घटनाको सूचना पाए लगत्तै सड़क सुरक्षा समितिका सदस्यहरूले पुलिसको सहयोगमा सबै घाइतेहरूलाई फरसगाउँ अस्पतालमा पुऱ्याए। पल्ली गाउँका बासिन्दा सुन्दरलाल नेताम, पिता सुबेलाल नेतामको दुर्घटनामा मृत्यु भयो। यसैबीच गम्भीर घाइते जवान मनिष नेतामको उपचार भइरहेको छ। अन्य घाइतेहरूमा नन्दलाल नेताम, दिनेश नेताम, सुनेस मरकम, तेजलाल नेताम (सबै पल्लीका बासिन्दा) र परदेशी कोर्रम (अलोरका बासिन्दा) सामेल छन्। गम्भीर घाइतेमध्ये दुई जनालाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ भने अन्यको फरस गाउँ अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको सूचना पाएपछि तुरुन्तै पुलिसको टोली घटनास्थलमा पुगेको फरस गाउँ थानाका प्रभारीले बताए। स्थानीय गाउँले र सड़क सुरक्षा समितिको सहयोगमा, बोलेरोमा फसेका घाइतेहरूलाई तुरुन्तै बाहिर निकालिएको थियो र एम्बुलेन्सद्वारा फरसगाउँ अस्पतालमा पठाइएको थियो।
पुलिस अधिकारीहरूले मृतक जवान सुन्दरलाल नेतामको शव पोस्टमर्टम गर्नको लागि पठाइएको पुष्टि गरेका छन्। पुलिसले लापरवाहीपूर्वक वाहन चलाएको आरोपमा मुद्दा दर्ता गरी यस विषयमा अग्रिम अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा