शपथ ग्रहणपछि पहिलोपटक बद्री विशालको दर्शन गर्न पुगे राज्यपाल
बदरीनाथ धाम में राज्यपाल डा. ढाल सिंह बिसेन।


गोपेश्वर, 24 अक्टोबर (हि.स.)। उत्तराखण्डका राज्यपाल डा. ढाल सिंह बिसेनले शनिवार बद्रीनाथ धामको भ्रमण गरी भगवान बद्री विशालको पूजा गरे। उनले राज्य र देशको शान्ति, समृद्धि एवं कल्याणका लागि प्रार्थना गरे। गत 19 अक्टोबरमा राज्यका नवौँ राज्यपालको रूपमा शपथ लिएपछि बद्रीनाथ धामको यो उनको पहिलो भ्रमण हो।

धाममा आइपुगेपछि राज्यपाललई जिल्ला मेजिस्ट्रेट गौरव कुमार तथा पुलिस अधीक्षक सुरजित सिंह पाँवरले हेलिप्याडमा स्वागत गरे। उनलाई स्मृति चिन्ह र हरियो बिरुवा भेंट गरियो। यस अवसरमा औपचारिक रूपमा पुलिसका जवानहरूले राज्यपाललाई सलामी दिए। राज्यपालले जवानहरूलाई उनीहरूको उत्कृष्ट टर्नआउट र सठीकक हतियारको प्रशंसा गरेर प्रोत्साहित गरे।

भगवान बद्री विशालको दर्शनपछि राज्यपालले मन्दिर परिसरमा उपस्थित भक्तहरूको अभिवादन स्वीकार गरे। यसैबीच जिल्ला मेजिस्ट्रेट एवं पुलिस अधीक्षकले बद्रीनाथ धाम मास्टर प्लान अन्तर्गत भइरहेको निर्माण तथा विकास कार्यको प्रगतिबारे जानकारी दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande