सरकारी अस्पतालहरूमा 79 वर्ष पुरानो परम्पराको अन्त्य, आगामी दुर्गा पूजाबाट षष्ठीदेखि लाखी पूजासम्म लामो बिदा दिइने छैन
सारद्वत मुखर्जी


कोलकाता, 24 अक्टोबर (हि.स.)। पश्चिम बङ्गालका स्वास्थ्य मन्त्री शारद्वात मुखोपाध्यायले एउटा ठूलो र ऐतिहासिक निर्णय लिँदै राज्यका सरकारी अस्पतालहरूमा चल्दै आएको दशकौं पुरानो छुट्टीको परम्परालाई अन्त्य गर्ने घोषणा गरेका छन्। आगामी वर्षको दुर्गा पूजाबाट सरकारी अस्पतालहरूका कुनै पनि कर्मचारीले षष्ठीदेखि कोजागरी लक्ष्मी पूजा (लगभग 10 दिन) सम्म लामो बिदा पाउने छैनन् भनी उनले स्पष्ट पारे।

गए शुक्रवार राति स्वास्थ्यमन्त्रीले बल दिँदै भने, स्वास्थ्य विभाग राज्यका अन्य सामान्य सरकारी विभागहरू जस्तो नभई यो अत्यन्त आवश्यक र आपतकालीन सेवा हो जुन जनताको जीवनसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ। सन् 1947- मा स्वतन्त्रता पाएदेखि नै राज्यमा यो अघोषित परम्परा नै बनिएको थियो कि षष्ठी लाग्नसाथ कार्यालय र अस्पतालहरूमा छुट्टी शुरू हुन्थ्यो जुन सिलसिला लक्ष्मी पूजासम्म यथावत रहन्थ्यो।

शारद्वत मुखोपाध्यायले कड़ा शब्दमा भने, षष्ठीदेखि लक्ष्मी पूजासम्म बिदा लिने यो पुरानो प्रथालाई अब सदाको लागि बन्द गर्नुपर्छ। यति लामो समयदेखि जुन परम्परा चलिरहेको थियो, त्यो अब चल्नेछैन। अर्को वर्षदेखि सप्तमी, अष्टमी, नवमी र दशमी, चार मुख्य पूजा दिवसको लागि मात्र विशेष ड्युटी रोस्टर तयार गरिने उनले बताए।

यसै वर्ष पनि यसै नयाँ प्रणालीलाई लागू गर्दै मन्त्रीले आदेश दिएका छन्, बिदामा रहेका मानिसहरूको बिदालाई तत्काल प्रभावबाट रद्द गरिएको छ भने उनीहरूलाई काममा फर्किन निर्देशन दिइएको छ। मेडिकल कलेजका शिक्षक, प्रिन्सिपल, एमएसभीपी, गैर-मेडिकल सुप्रिटेन्डेन्टदेखि लिएर सफाई कर्मचारीहरू सबै अन्य सरकारी विभाग जस्तै काममा फर्किएकोमा उनले सन्तुष्टि व्यक्त गरे।

यसबाहेक स्वास्थ्यमन्त्रीले सरकारी अस्पतालमा कर्मचारीको उपस्थितिको लागि 'विशेष रोस्टर' प्रणालीको विवरण पनि दिए। यसपलि चार दिनको पूजाको लागि रोस्टर लागु गरिएको उनले बताए। अर्को वर्षदेखि सप्तमी, अष्टमी, नवमी र दशमीमा गैर-चिकित्सा कर्मचारीहरूको सङ्ख्या 50 प्रतिशतमा राखिने छ। तर डाक्टर र नर्सहरूका लागि त्यस्तो कुनै ड्युटी रोस्टर हुने छैन, उनले स्पष्ट पारे। उनीहरूले अस्पतालको आवश्यकता र आपतकालीन अवस्था अनुसार आफ्नो कर्तव्य पालन गर्नुपर्नेछ अनि उनीहरूको बिदा पूर्वनिर्धारित हुने छैन।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande