पत्नीसँगको विवादपछि पतिले गरे आत्महत्या
प्रतीकात्मक तस्वीर


खुँटी, 24 अक्टोबर (हि.स.)। जिल्लाको रनिया थाना अन्तर्गत डुमरटोली गाउँमा आफ्नी पत्नीसँग भएको सानो झगडापछि परमानन्द माँझी नामक 24 वर्षीय युवकले झुण्डिएर आत्महत्या गरे। उनको शव शनिवार बिहान आँपको रूखमा झुण्डिरहेको अवस्थामा फेला पऱ्यो। घटनापछि गाउँमा तनाउ व्याप्त भएको छ। जानकारी अनुसार गए शुक्रवार साँझ परमानन्द माँझीको आफ्नी श्रीमतीसँग कुनै कुरालाई लिएर झगडा भएको थियो। त्यसपछि उनी सोही राती 9-10 बजेतिर घरबाट निस्किए जतिबेला परिवारका सबै सदस्यहरू घरमा सुतिरहेका थिए। केही समयपछि उनले घरबाट केही टाढ़ा रहेको बालेश्वर माँझीको आँपको रूखमा साड़ीक गलफन्दा बनाएर आत्महत्या गरे।

शनिवार बिहान गाउँका कृष्ण गोप दिशा-पिसाब गर्न गएका थिए। यसबीच उनको नजर रूखमा झुण्डिरहेको शवमाथि पऱ्यो। रउनले तत्कालै मृतकको परिवारका सदस्यहरूलाई जानकारी दिए। त्यसपछि घटनाको बारेमा पुलिसलाई जानकारी दिइयो।

सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो अनि अनुसन्धान गऱ्यो। त्यसपछि शवलाई पोस्टमर्टम गर्नको लागि पठाइयो। पोस्टमर्टमपछि शव आफन्तलाई हस्तान्तरण गरिएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande