एसआईआरलाई लिएर कङ्ग्रेसले भ्रम फैलाइरहेको छः बड़कुँवर
पूर्व मंत्री बड़कुंवर गागराई की फाइल फोटो


पश्चिम सिंहभूम, 24 अक्टोबर (हि.स.) पश्चिमी सिंहभूम जिल्लामा भाजपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री बड़कुँवर गागराईले मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) लाई लिएर कङ्ग्रेस र राहुल गान्धीले राजनीतिक भ्रम फैलाएको आरोप लगाएका छन्। निर्वाचन आयोग तथा निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै विपक्षीले जनतामा लोकतान्त्रिक संस्थामाथि अविश्वास पैदा गर्न खोजिरहेको उनले बताए। उनले यस विषयमा तथ्यको आधारमा आफ्नो कुरा राख्न विपक्षीलाई अपिल गरे।

शनिलार जारी गरिएको प्रेस विज्ञप्तीमा बड़कुँवर गागराईले भने, 22 अक्टोबरदेखि 5 नोभेम्बरसम्म भाजपाले 'लोकतन्त्र बचाऔं, भीड़तन्त्रलाई हटाऔं-को नारा लिएर जनचेतना अभियान चलाइरहेको छ। यसका माध्यमबाट लोकतन्त्र, संविधान एवं निर्वाचन प्रक्रियासँग सम्बन्धित विषयहरू आम जनता, युवा र बुद्धिजीवीहरूसम्म पुऱ्याएर चर्चा गरिनेछ। लोकतान्त्रिक प्रणालीलाई सुदृढ पार्न जनतालाई सही जानकारी दिनु आवश्यक रहेको उनले बताए।

कङ्ग्रेसलाई लक्षित गर्दै उनले भने, केवल आफ्नो हातमा पुस्तक समातेर कसैले पनि संविधानको वास्तविक रक्षक बन्न सक्दैन। लोकतन्त्रमा प्रत्येक व्यक्तिलाई प्रश्न सोध्ने र सुझाउ दिने अधिकार छ, तर यो अधिकार जनतामा भ्रम अनि अविश्वास फैलाउनको लागि प्रयोग गर्नु हुँदैन। उनका अनुसार निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउनुअघि तथ्य एवं प्रक्रियाहरू बुझ्न आवश्यक छ।

एसआईआरलाई उल्लेख गर्दै बड़कुँवर गागराईले दाबी गरे, देशमा यसअघि आठ पटक मतदाता सूचीको विशेष गहन संशोधनको प्रक्रिया अपनाइसकिएको छ। भाजपाले आफ्नो अभियान मार्फत यस अभ्यासको उद्देश्य र निर्वाचन प्रणालीसँग सम्बन्धित तथ्यबारे जनतालाई जानकारी दिनेछ। उनले विपक्षीलाई राजनीतिक आरोप-प्रत्यारोपमा संलग्न हुनुको सट्टा जिम्मेवारीको साथमा आफ्नो कुरा राख्ने अपील गरे।

उनले आँगनबाडी केन्द्रहरूको सञ्चालनमा भइरहेका बाधाहरूलाई हटाउन र बाँकी भुक्तानी समयमै गर्ने माग राज्य सरकारसित गरे। जनकल्याणकारी योजनाको लाभ जनतालाई पुऱ्याउने आफ्नो जिम्मेवारी सरकारले निर्वाह गर्नुपर्ने उनले बताए। लोकतन्त्र, संविधान र जनहितसँग सम्बन्धित मुद्दाहरूमा जनतालाई सचेत गराउन भाजपाले आफ्नो अभियान जारी राख्ने कुरालााई पनि गागराईले दोहोऱ्याए।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande