दुर्गा पूजा विसर्जनको तेस्रो दिन ट्राफिक उल्लङ्घन गरेको आरोपमा 53 जना पक्राउ, 285 वटा चालान
दुर्गा पूजा विसर्जनको तेस्रो दिन ट्राफिक उल्लङ्घन गरेको आरोपमा 53 जना पक्राउ, 285 वटा चालान


कोलकाता, 24 अक्टोबर (हि.स.)। दुर्गा मूर्ति विसर्जनको तेस्रो दिन गए 23 अक्टोबरमा पुलिस प्रशासन र ट्राफिक विभागले सुरक्षा व्यवस्थालाई कायम राख्न तथा ट्राफिक नियमहरूको पालनालाई सुनिश्चित गर्न अभियान सञ्चालन गऱ्यो। यस अवधिमा शहरका विभिन्न पुलिस डिभीजनहरूमा 53 जना मानिसहरूलाई पक्राउ गरियो। तथापि अवैध मदिरा जफतको आँकड़ा भने शून्य रह्यो।

अर्कातिर ट्राफिक विभागले 285 वटा मामिलामा चलान जारी गर्दै ट्राफिक नियम उल्लङ्घन गर्नेविरुद्ध कारबाही गऱ्यो। विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार तीनजना सवारीलाई बसाएर वाहन चलाएको 33 वटा घटना दर्ता गरिएको छ। हेलमेटबिनै गाडी चलाएको 80 वटा मामिलामा कारबाही गरियो भने लापरवाहीपूर्वक गाडी चलाएको 58 वटा र रक्सी पिएर गाडी चलाएको 55 वटा मामिलामा अभियोजन कारबाही गरियो।

यस अतिरिक्त अन्य ट्राफिक नियम उल्लङ्घनका 59 वटा घटनाहरू दर्ता गरियो। यसरी नै ट्राफिक विभागले मोठ 285 वटा मामिलाहरूमा चालान जारी गरेको छ।

दुर्गाको प्रतिमा विसर्जन गर्ने क्रममा शान्ति, व्यवस्था एवं सड़क सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले यी कदम चालिएको प्रशासनले स्पष्ट पारेको छ। पुलिस र ट्राफिक विभागले उत्सवको समयमा सुरक्षा व्यवस्था कायम राख्न तथा नियम उल्लङ्घन गर्नेहरूविरुद्ध कारबाही गर्नेमाथि जोड दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande