
इटानगर, 24 अक्टोबर (हि.स.)। अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले प्रस्तावित 11,200 मेगावाटको सियाङ्ग अप्पर बहुउद्देशीय परियोजनालाई लिएऱ बढ्दो विरोधको बीचमा आदि बाने केबाङ्ग (एबीके) युवा सङ्घ र युवा सङ्घलाई प्रत्यक्ष वार्ताको लागि आमन्त्रित गरेका छन्। यस परियोजनालाई लिएर उत्पन्न तनाउलाई सम्बोधन गर्ने र स्थानीय समुदायको चिन्ता बुझ्ने सरकारको उद्देश्य रहेको छ।
मुख्यमन्त्रीले यो कदम आदि सामुदायका विभिन्न सङ्गठनहरूले आह्वान गरेको 12 घण्टाको बन्दपछि उठाएका छन्। बन्दको कारण पूर्वी सियाङ्ग, सियाङ्ग र माथिल्लो सियाङ्ग जिल्लामा सामान्य जनजीवन प्रभावित भएको छ। यसैबीच दिते-डिमे क्षेत्रमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तनाउपूर्ण अवस्था उत्पन्न भएको छ। सुरक्षाकर्मीहरूले ब्यारिकेड तोड्न प्रयास गरिरहेका प्रदर्शनकारीहरूलाई तितर-बितर पार्न अश्रु ग्याँसको गोला दागे।
खाण्डुले परियोजनाको वर्तमान अवस्थाबरे स्पष्ट पार्दै भने, यो केवल पूर्व-व्यवहार्यता रिपोर्ट (पीएफआर) चरणमा छ। उनले बताए, हाल प्राविधिक व्यवहार्यताको मूल्याङ्कन गर्न चट्टानको नमुना सङ्कलन भइरहेको छ। यस स्तरमा बाँध निर्माण वा कृषि भूमि, वनभूमि वा निजी जग्गाको अधिग्रहणबारे कुनै छलफल भएको छैन।
मुख्यमन्त्रीले घोषणा गरे, महिनाभरि नै उनले सियाङ्ग क्षेत्रको नियमित भ्रमण गर्नेछन् अनि स्थानीय जनतासँग अन्तरक्रिया गर्नेछन्। भनले भने, यस परियोजनालाई लिएर क्षेत्रका जनतामा गलत सूचना फैलाइरहेको छ। खाण्डुले आश्वासन दिए, यदि परियोजना वास्तविक बाँध निर्माणको चरणमा पुग्यो भने कानुनी र संवैधानिक प्रावधानहरू अनुरूप सार्वजनिक परामर्शको प्रक्रिया पूरा गरिनेछ।
तथापि परियोजनाको विरोध गरिरहेका सङ्गठनहरूले आफ्नो धारणालाई कायम राखेका छन्। सियाङ्ग आदिवासी किसान फोरम (एसआईएफएफ) र एबीके यूनाइटेड यूथ विङ्गले सरकारले आश्वासन दिएको भए पनि आन्दोलनलाई जारी राख्ने सङ्केत दिएको छ। राज्य सरकारले अक्टोबर 13- मा एफआईआर फिर्ता लिने, हिरासतमा रहेका युवाहरूलाई रिहा गर्ने तथा सुरक्षा बलको तैनाथीलाई घटाउने आश्वासन दिएको थियो।
यसैबीच अरुणाचल प्रदेश कङ्ग्रेस कमिटीले प्रदर्शनकारीहरूलाई समर्थन गर्दै पुलिसको कारबाहीको स्वतन्त्र जाँच गर्ने माग गरेको छ। यस परियोजनासँग सम्बन्धित सर्वेक्षणलाई तत्काल रोक्न पनि पार्टीले माग गरेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा