
होजाई (असम), 24 अक्टोबर (हि.स.)।होजाई जिल्लाको लङ्का क्षेत्रमा भएको सडक दुर्घटनामा एकजना युवकको घटनास्थलमै मृत्यु भयो। पुलिसले शनिवार बतायो, बितेको राती लङ्काको करिखाना तिनाली क्षेत्रमा डम्पर र कारबीच भएको भिड़न्तमा एकजना युवकको घटनास्थलमै मृत्यु भयो।
दुर्घटनापछि डम्पर चालक घटनास्थलमै गाडी छोडेर भाग्यो। त्यसपछि अर्को एउटा कार पनि डम्परकसित ठोक्कियो। उक्त युवकको पहिचान डाबलाङ्ग गाउँका बासिन्दा इम्तियाज अलीको रूपमा भएको छ। घटनाको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिसको टीमले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो। यस सम्बन्धमा पुलिसले एफआईआर दर्ता गरी दुर्घटनामा संलग्न गाडी र चालकलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा