नगाउँमा पेट्रोलियम ट्याङ्कर पल्टियो, धेरै वटा पसलहरू क्षतिग्रस्त
Image of the Oil Tanker Overturns After Hitting Streetlight Pole in Nagaon.


नगाउँ (असम), 24 अक्टोबर (हि.स.)। असमको नगाउँ जिल्ला अन्तर्गत पुरनीगुदाम क्षेत्रको केयापट्टीमा राष्ट्रिय राजमार्ग- 127 मा गए शुक्रवार राती एउटा पेट्रोलियम ट्याङ्कर पल्टियो। नुमालीगढ़बाट होजाई तर्फ गइरहेको ट्याङ्करका चालकले वाहनबाट नियन्त्रण गुमाएपछि ट्याङ्कर सड़कको डिभाइडरमा रहेको स्ट्रिटलाइटको खम्बासित ठोक्कियो। यस घटनाका कारण सड़कको छेउमा रहेका धेरै वटा पसलहरू क्षतिग्रस्त भएका छन्।

प्राप्त जानकारी अनुसार एनएल-1एल-6875 पञ्जीकरण नम्बर भएको पेट्रोलियम ट्याङ्कर आफ्नो गन्तव्य तर्फ गइरहेको थियो। यसैबीच विपरीत दिशाबाट आइरहेको रात्रिकालीन बसको मार्गमा बाधा उत्पन्न भएको कारणले चालकले वाहनमाथि आफ्नो नियन्त्रण गुमायो। द्रुत गतिमा आएको ट्याङ्कर डिभाइडरमा रहेको स्ट्रिट लाइटको खम्बामा ठोक्कियो।

ठक्करपछि ट्याङ्कर अनियन्त्रणमा भएर सड़कको विपरित भागमा पल्टियो। स्थानीयहरूले पुलिस र दमकल विभागलाई जानकारी दिए। ट्याङ्करमा पेट्रोलियम पदार्थ रहेको कारणले आगलागी हुनसक्ने आशङ्कालाई ध्यानमा राखेर फायर ब्रिगेडको टोली तुरुन्तै घटनास्थलमा पुग्यो अनि आवश्यक कदम चाल्दै स्थितिलाई नियन्त्रण गऱ्यो। दुर्घटनामा कुनै पनि प्रकारको जनहानी भएको जानकारी प्राप्त आएको छैन।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande