जयपुर-अजमेर राजमार्गमा तिर्थयात्रीले भरिएको ट्राभलर ट्रेलरभित्र पस्यो,   3 जनाको मृत्यु; 18 जना घाइते
ट्रैवलर


जयपुर, 24 अक्टोबर (हि.स.)। साँवलिया सेठको दर्शन पाउने आशा बोकेर हिँड़ेका भक्तहरूको यात्रा शुक्रवार राती दुर्घटनामा परिणत भयो। जयपुर-अजमेर राष्ट्रिय राजमार्गमा बगरू पुलदेखि ओह्रालो लाग्ने क्रममा भक्तहरूले भरिएको ट्राभलर अगाडि गुड़िरहेको ट्रेलरभित्र पस्यो। ठक्कर यति गम्भीर थियो कि ट्राभलरमा रहेका तीन जना मानिसहरूको घटनास्थलमै मृत्यु भयो भने 18 जना यात्रुहरू घाइते भए। घटनापछि उक्त क्षेत्रमा आतङ्क फैलियो। घाइतेहरूलाई उपचारका लागि जयपुरको सवाई मानसिंह अस्पतालमा भर्ना गरिएको छ। घाइतेहरूमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ।

बागरु पुलिस स्टेशनका एसएचओ चन्द्रभानले बतए, दुर्घटना शुक्रवार अबेर राती लगबभग 1ः50 बजे भएको हो। ट्राभलरमा महाराष्ट्रको नासिकबाट आएका 28 जना तिर्थयात्रीहरू सवार भएका थिए। सबैजना चित्तौड़गढ़को सानवालिया सेठ मन्दिर दर्शन गर्न जयपुरबाट जाँदै थिए। यसैबीच बगरू पुलबाट ओह्रालोलाग्दा ट्राभलर अनियन्त्रित भएर अगाडि बढिरहेको ट्रेलरमा ठोक्कियो। ठक्करको कारणले गाडीको अगाडि बसेका यात्रुहरू गम्भीर घाइते भएका छन्।

दुर्घटनामा घाइते भएका यात्रु प्रवीणले बताए अनुसार तिर्थयात्रीहरू राती 10ः30 बजेतिर जयपुरबाट निस्किएका थिए।

यात्रुहरूले ड्राइभरलाई राती गाडी नचलाउन पनि भनेका थिए, तर उनले मानेनन्। प्रवीणले ड्राइभरलाई रक्सी पिएर गाडी चलाएको आरोप पनि लगाएका छन्। यात्रुहरू अनुसार बग्रु पुलदेखि तलतिर ओर्लिँदै गर्दा अचानक अनियन्त्रित भएर अगाडि बढिरहेको ट्रेलरमा ठोक्किए।

दुर्घटनापछि यात्रुहरूमा आतङ्क फैलियो। दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भयो। मृतकहरूको महेन्द्र, सन्दीप र दीपकका रूपमा पहिचान गरिएको छ। दुर्घटनामा 18 जना यात्रु घाइते भएका छन्।

सूचना पाएपछि पुलिस घटनास्थलमा पुग्यो अनि घाइतेहरूलाई अस्पतालमा पुऱ्यायो। सबै घाइतेहरूलाई जयपुरको सवाई मानसिंह अस्पतालमा भर्ना गरिएको छ जहाँ उनीहरूको उपचार भइरहेको छ। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ।

पुलिसले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ। प्रारम्भिक जानकारी अनुसार ट्राभलर अगाडि बढिरहेको ट्रेलरसँग ठोक्किएको थियो। पुलिसले दुर्घटनाको परिस्थिति र चालकविरुद्ध लगाइएका आरोपहरूको अनुसन्धान गर्नेछ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande