मिजोरममा 4.80 करोड़को विदेशी चुरोट जफत, दुई जना पक्राउ
The image shared by Assam Rifles.


आइजोल, 25 अक्टोबर (हि.स.)। असम राइफल्सले मिजोरममा तस्करी विरोधी कारबाही गर्दै 4.80 करोड़ रुपियाँ मूल्यको विदेशी चुरोट जफत गरेको छ। यस सम्बन्धमा दुई जनालाई पक्राउ गरिएको छ। आइतवार असम राइफल्सले यो जानकारी दिएको हो।

आधिकारिक जानकारी अनुसार असम राइफल्सले गत 23 अक्टोबरमा मिजोरमको सेरछिप जिल्लाको छिङ्गछिपमा रहेको तुइकुम फलामे पुलको सामान्य क्षेत्रमा अभियान सञ्चालन गरेको थियो।

सोही समयमा सुरक्षा बलहरूले विदेशी मूलको प्याट्रोन सिगरेटको 200 कार्टुन जफत गरे। जफत गरिएका चुरोटको अनुमानित मूल्य 4.80 करोड रुपियाँ रहेको रहेको छ। अभियानको क्रममा दुई जनालाई पक्राउ पनि गरियो।

असम राइफल्सले जफत गरिएका चुरोट र हिरासतमा लिइएका दुई जनालाई थप कानुनी कारबाहीको लागि सम्बन्धित अधिकारीहरूलाई हस्तान्तरण गरेको छ। असम राइफल्सले भन्यो, उत्तर-पूर्वी क्षेत्रमा तस्करी जस्ता गतिविधिहरूलाई रोक्ने प्रयास लगातार भइरहेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande