भाजपा सिक्किमका अध्यक्ष नयाँ दिल्लीमा आयोजित साङ्गठनिक बैठकमा सहभागी
भाजपा सिक्किमका अध्यक्ष नयाँ दिल्लीमा आयोजित साङ्गठनिक बैठकमा सहभागी


गान्तोक, 25 अक्टोबर (हि.स.)। भारतीय जनता पार्टीका सिक्किम प्रदेश अध्यक्ष डीआर थापा आज प्रदेश महासचिव अर्जुन राईसँग नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा आयोजित महत्त्वपूर्ण सङ्गठनात्मक बैठकमा सहभागी बने।

भाजपा सिक्किमले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार, बैठकमा

केन्द्रिय गृहमन्त्री तथा सहकारितामन्त्री अमित शाह र भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीन लगायत अन्य वरिष्ठ नेताहरु सहभागी थिए। पार्टीका नेतृत्वहरूको मार्गदर्शनमा सम्पन्न उक्त बैठकमा पार्टीका प्रमुख सङ्गठनात्मक विषयहरूका साथै पार्टीको विस्तार, सङ्गठनलाई थप सुदृढ बनाउने तथा भावी कार्यदिशासँग सम्बन्धित महत्त्वपूर्ण विषयहरूमा छलफल गरिएको बताइएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande