
माल्दा, 25 अक्टोबर (हि.स.)। जिल्लास्थित मानिकचकको भुतनी र रतुआको कटाहा दियारामा गम्भीर नदी कटाउ एवं बाढीको अवस्थाको जायजा लिनका लागि आइतवार राज्यका मुख्य सचिव मनोज कुमार अग्रवाल मालदा पुगे। उनी आइतवार बिहान 10 बजे विशेष हेलिकप्टर मार्फत मालदा विमानस्थलमा उत्रिए।
प्रशासनिक सूत्र अनुसार मुख्य सचिवले विमानस्थलबाट हेलिकप्टरमा मानिकचकको भुतनी र रतुआको कटाहा दियाराको व्यापक कटाउ प्रभावित तथा हालैको बाढ़ीबाट प्रभावित क्षेत्रहरूको निरीक्षण गरे। यस अवधि उनले गङ्गा नदीको कटाउबाट भएको क्षति र बाँधको वर्तमान अवस्थाको हवाई सर्वेक्षण गरी जायजा लिए।
हवाई सर्वेक्षणपछि मालदा फर्किएका मुख्य सचिवले जिल्ला प्रशासनिक भवनमा उच्चस्तरीय समीक्षा बैठकमा भाग लिए। जिल्ला मेजिस्ट्रेट तथा सम्बन्धित विभागका प्रतिनिधिहरू सहित जिल्ला प्रशासनका वरिष्ठ अधिकारीहरू उपस्थित रहेको बैठकमा प्रभावित जनतामा राहत सामग्री वितरण, बाढीपछिको पुनःस्थापना अनि नदीको कटाउ रोक्ने दीर्घकालीन उपायहरूबारे विस्तृत छलफल भइरहेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा