
सिलगढ़ी, 25 अक्टोबर (हि.स.)। सिलगढ़ी नजिकै बागडोगराको ब्याङ्गडुबीमा अवस्थित सेनाको 16 एफएडी क्षेत्रमा ठूलो दुर्घटना हुनबाट जोगियो। आइतवार बिहान-बिहान एउटा बच्चा हात्ती (शावक) सेनाको शिविरभित्र सेप्टिक ट्याङ्कीमा पस्यो।
यो कुरा थाहा पाउनसाथ सेनाका जवानहरूले तुरुन्तै जिम्मेवारी लिएर उद्धार कार्य शुरु गरे। वन विभागलाई पनि तुरुन्तै जानकारी दिइयो।
ट्याङ्कीभित्र फसेको हात्तीको बच्चालाई बाहिर निकाल्न सजिलो थिएन। सूचना पाएपछि सेनाका कर्मचारी, अग्नि नियन्त्रक एवं वन विभागका कर्मचारीहरू पनि घटनास्थलमा पुगे, त्यसपछि संयुक्त उद्धार अभियान शुरु गरियो।
अन्ततः करिब दुई घण्टाको कड़ा परिश्रमपछि सेप्टिक ट्याङ्कीको संरचनालाई भत्काएर बच्चा हात्तीलाई सुरक्षित रूपमा बाहिर निकालियो। त्यसपछि वन विभागले बच्चालाई हात्तीको झुण्डसँग पुनर्मिलन गर्ने प्रक्रिया शुरु गरेको छ।
उल्लेखनीय छ, यसअघि पनि पूजा अगाड़ि बागडोगरा एवं ब्याङ्गडुबी छेउछाउका क्षेत्रहरूमा हात्तीको उद्धार अभियानलाई लिएर धेरै चिन्ता एवं आतङ्कको स्थिति उत्पन्न भइसकेको छ। त्यस बेला हात्तीको बच्चालाई बचाउने प्रयासमा एउटा ठूलो हात्ती जलाशयमा डुबेको थियो जसलाई बचाउन वन विभाग र सेनाको तत्परतामा उद्धार अभियान सञ्चालन गरिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा