रिषड़ा स्टेशनमा दून एक्सप्रेसमा आगलागी, 30 मिनटभन्दा अधिक समयसम्म रेल रोकियो
रिषड़ा स्टेशन पर दून एक्सप्रेस में आग


हुगली, 25 अक्टोबर (हि.स.)। जिल्लाको रिषड़ा रेलवे स्टेशनमा गए शनिवार राती दून एक्सप्रेसमा आगलागी भएका कारण यात्रुहरूमा आतङ्क फैलियो। उक्त घटनाले गर्दा 13009 अप हावड़ा-योगनगर ऋषिकेश दून एक्सप्रेस 30 मिनटभन्दा बढी समयसम्म रोकियो।

प्राप्त जानकारी अनुसार शनिवार राती 9ः25 बजेतिर रेल रिषड़ा स्टेशन भएर गुज्रिरहेको बेला रेलको अगाडिको भागमा इञ्जिनतो प्यान्टोग्राफ नजिकै आगो लाग्यो। आगलागीको खबर फैलिएनसाथ यात्रुहरू एवं स्थानीय मानिसहरूको भीड़ स्टेशन परिसरमा जम्मा भयो।

यद्यपि आगलागीको वास्तविक कारण के थियो र रेलवेले के कदम उठायो, अहिलेसम्म कुनै आधिकारिक पुष्टि भएको छैन।

हाल घटनाको सम्बन्धमा विस्तृत जानकारीको लागि प्रतिक्षा गरिएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande