
कामरूप (असम), 26 अक्टोबर (हि.स.) असमममा दक्षिण कामरूपको पलाशबारी क्षेत्रमा जिल्ला स्तरीय डुङ्गा दौड़ प्रतियोगिता आयोजना गरियो। कुकुरमाराको जियाकुरस्थित कलसी नदीमा आयोजित उक्त प्रतियोगितालाई हेर्नका लागि ठूलो सङ्ख्यामा मानिसहरू भेला भए।
परम्परागत डुङ्गा दौड़ प्रतियोगितालाई लिएर मानिसहरूमा विशेष उत्साह देखियो। प्रतियोगिताको क्रममा कलसी नदीको दुवै छेउमा दर्शकहरूको ठूलो भीड़ उर्लियो। मानिसहरूले नदीमा डुङ्गाहरूमाझ भएको प्रतिस्पर्धाको आनन्द उठाए।
यस कार्यक्रमबाट असमको समृद्ध परम्परागत खेलकुद संस्कृतिको झलक देख्न पाइयो। प्रतियोगितामा स्थानीय स्तरमा डुङ्गा दौड़को लोकप्रियता तथा यस परम्परागत खेलप्रति जनताको उत्साह पनि देखियो।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा