
गान्तोक, 26 अक्टोबर (हि.स.)। आदिकवि महर्षि वाल्मीकिको जयन्तीको अवसरमा सिक्किमका राज्यपाल दुष्यन्त गौतमले नयाँ दिल्लीस्थित प्रसिद्ध प्राचीन वाल्मीकि मन्दिरको भ्रमण गरी पूजाअर्चना गरेका छन्।
लोक भवनका अनुसार, मन्दिर परिसरमा पुग्दा मन्दिर समितिका सदस्यहरू तथा स्थानीय श्रद्धालुहरूले राज्यपाल गौतमलाई स्वागत गरेका थिए। यस अवसरमा राज्यपालले मन्दिरमा महर्षि वाल्मीकिको दर्शन गर्नुका साथै विधिपूर्वक पूजाअर्चना गरे। उनले आरती तथा हवनमा पनि सहभागिता जनाए।
राज्यपाल गौतमले सबैलाई वाल्मीकि जयन्तीको हार्दिक शुभकामना दिँदै महर्षि वाल्मीकिका विचार तथा रामायणमा उल्लेख गरिएका नैतिक मूल्यहरूलाई आफ्नो जीवनमा आत्मसात् गर्न आह्वान गरेका छन्। उनले समाजमा शान्ति, समृद्धि तथा सामाजिक सद्भाव कायम रहोस् भन्ने कामनासमेत व्यक्त गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल