
गेजिङ, 26 अक्टोबर (हि.स.)। गेजिङ जिल्लाको कृषि विभागले उपनिर्देशक डा. कर्म छेवाङ भोटियाको निर्देशन तथा मार्गदर्शनमा आज ‘खेत बचाउ अभियान’ सफलतापूर्वक सञ्चालन गरेको छ। कार्यक्रममा गेजिङ जिल्ला कृषि विज्ञान केन्द्रका वरिष्ठ वैज्ञानिक तथा प्रमुख बिशोन प्रधानका साथै विभिन्न ग्राम पञ्चायत एकाइका पञ्चायत प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
भारत सरकारको कृषि तथा किसान कल्याण मन्त्रालयले २२ अक्टोबरदेखि ३१ नोभेम्बरसम्म सञ्चालन गर्ने गरी यस राष्ट्रिय अभियानको औपचारिक सुरुआत गरेको जनाइएको छ। अभियानको मुख्य उद्देश्य कृषि भूमिको संरक्षण तथा उत्पादनमूलक उपयोगलाई प्रोत्साहन गर्नुका साथै किसानहरूलाई दिगो कृषि अभ्यास अपनाउन प्रेरित गर्नु हो।
कार्यक्रममा खेतीयोग्य जमिनको संरक्षण, कृषि उत्पादनमा वृद्धि तथा सुधारिएका खेती प्रविधिमार्फत खाद्य सुरक्षालाई सुदृढ बनाउने महत्त्वमाथि पनि जोड दिइएको थियो।
यस पहलमा सम्बन्धित विभागका स्रोत व्यक्तिहरू, गेजिङ कृषि विज्ञान केन्द्रका विषयवस्तु विशेषज्ञहरू, स्थानीय किसानहरू तथा गेजिङ खण्डअन्तर्गतका विभिन्न ग्राम पञ्चायत एकाइका सर्वसाधारणको सक्रिय सहभागिता रहेको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल