
श्रीभूमि (असम), 26 अक्टोबर (हि.स.)। पुलिसले असमको श्रीभूमि जिल्लामा बिहु दलमाथि भएको कथित आक्रमणको सम्बन्धमा चार जना अभियुक्तहरूलाई पक्राउ गरेको छ। पुलिसले गए आइतवार राती सुमित कुमार दास, अर्णव कुमार राय, प्रियांशु पाल र प्रियांशु दासलाई हिरासतमा लिएको छ।
चारैजना अभियुक्तहरूलाई पुलिसले सोधपुछ गरिरहेको छ। अनुसन्धानको क्रममा घटनाको कारण अनि आक्रमणमा उनीहरूको कथित भूमिकाको बारेमा पत्तो लगाउने प्रयास भइरहेको छ।
यस घटनालाई गम्भीर रूपमा लिँदै असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले पुलिस महानिर्देशक (डीजीपी)- लाई यस मामिलमा अनुसन्धान गर्ने निर्देशन दिएका छन्। पुलिसले सबै कोणबाट अनुसन्धान गरिरहेको छ। अनुसन्धानको निष्कर्षको आधारमै अग्रिम कारबाही गरिनेछ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा